बैशाख २६ मै बस्ने भयो बजेट अधिवेशन

Cabinet miting

काठमाडौं । सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आइतबार मध्याह्न बसेको मन्त्रिपरिषद बैठकले वैशाख २६ गते दिउँसो ४ बजे बजेट अधिवेशन आह्वान गर्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्ने हुन्छ ।

संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ भित्र आगामी आर्थिक वर्ष २०७७/७८ बजेट सार्वजनिक गरिसक्नु पर्ने छ । बजेट सार्वजनिक गर्नु अगाडि सरकारले संघीय संसदमा वार्षिक नीति तथा कार्यक्रम पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिकृया दिनुहोस