बाघ आफैंँ ट्याक्टरमा चढेर उधुम मच्चाएपछि...(भिडियोसहित)

Tiger 3

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश पिलिभितमा कोरोना भाइरसको संक्रमणकाबीच एउटा बाघले आतंक मच्चाएको छ । स्थानीय गजरौला थाना क्षेत्रमा पर्ने झण्डै एक दर्जन गाउँले बाघको आतंकबाट हैरान भएका छन् ।

शुक्रबार फेरि एक पटक बाघले मानिसमा आक्रमण गरेको छ । त्यस लगत्तै वन विभागका कर्मचारी ट्याक्टरमा बाघ खोज्न हिँडेका थिए, त्यही बेलामा बाघले उनीहरुलाई पनि आक्रमण गर्यो । त्यो घटनाको भिडियो सार्वजनिक भएको छ ।

शुक्रबार बिहानको समयमा किसानले खेतमा काम गरिरहेका थिए । एक्कासी बाघले आक्रमण गर्यो, जहाँ तीन किसान गम्भीर घाइते भएका छन् । घाइतेलाई जिल्ला अस्पतालमा भर्ना गरियो । त्यहीँ समयमा वन विभागको टोली बाघको खोजीमा निस्किएको थियो । त्यो टोलीलाई पनि बाघले आक्रमण गर्यो ।

लालपुर गाउँका एक किसान जागर सिंह आफ्ना मजदुर रामबहादुर र अर्का छिमेकी लालता प्रसादसँग खेतमा काम गर्न जाँदै थिए । अचानक खेतबाट निस्किएको बाघले तीनैजनामाथि आक्रमण गर्यो । चिच्याएपछि आसपासका किसान पुगेर उनीहरुलाई बचाए ।

त्यही घटनाको सूचना पाउनसाथ वन विभाग, पुलिस सहितको टोली बाघ खोजिमा निस्किएको थियो । एकाएक फेरि झाडीबाट निस्किएर बाघ ट्याक्टरमा चढ्यो । वन विभागका कर्मचारीले लाठिको सहायतामा बाघलाई आफू भएको ठाउँसम्म आउन रोके ।

बाघले तिब्ररुपमा आक्रमण गरेपछि आउजाउ रोकिएको छ । जिल्ला वन अधिकृत नवीन अग्रवालले बाघ पानीको खोजीमा बस्ती नजिक आएको बताएका छन् । यहीँ क्षेत्रमा केही दिनअघि मात्र बाघले ४ किसानलाई आफ्नो शिकार बनाएको थियो । एक बाघलाई समातेर चिडियाखाना पठाइए पनि अर्को बाघले मानिसमाथि आक्रमण निरन्तर गरिरहेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...