संविधानको मूल मर्म र भावनाअनुरुप सञ्चार क्षेत्रको पुनर्संरचना जरुरी : पहाडी

Binod pahadi 21

काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले संविधानको मूल मर्म र भावना एवं संघीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना गरिनुपर्ने बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष पहाडीले राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्नुका साथै सोही नीति अनुरूप सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका लागि राष्ट्रिय दलित पत्रकार संघ नेपाल संघर्षरत रहेको बताएका छन् ।

‘समावेशी विकास र मिडियाको समावेशीरण अभियानमा हामी क्रियाशील छौं’ उनले भनेका छनु, ‘विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापनालगायतका सवालमा सरकारको ध्यानाकर्षण गर्दछौं ।’

यस्तो छ पहाडीको शुभकामना
सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आव्हनमा हरेक वर्ष मे ३ मा बिश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको यस वर्षको नारा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ रहेको छ । प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको समग्र समीक्षा गर्ने यो दिनको विशेष महत्व छ । नेपाल र विश्वमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निम्ति जीवन वलिदान गर्ने तथा वेपत्ता पारिनुभएका योद्धाहरूप्रति श्रद्धा व्यक्त गर्दै प्रेस स्वतन्त्रताका पक्षमा निरन्तर संघर्ष गर्नुहुने सबैमा उच्चसम्मान व्यक्त गर्दर्छौ । यस अवसरमा दलित समुदायका क्रियाशील पत्रकार एवं सम्पूर्ण पत्रकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

संविधानको मूल मर्म र भावना एवं संघीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना अहिलेको प्रमुख आवश्यकता हो । राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्नुका साथै सोही नीति अनुरूप सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका लागि राष्ट्रिय दलित पत्रकार संघ नेपाल संघर्षरत छ । समावेशी विकास र मिडियाको समावेशीरण अभियानमा हामी क्रियाशील छौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापनालगायतका सवालमा सरकारको ध्यानाकर्षण गर्दछौं ।

आगामी दिनमा स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरणको निर्माण गरौं । पत्रकारिता क्षेत्रमा दलित समुदायको समानुपातिक सहभागिताको सुनिश्चितता गरौं । मिडियाले जातीय भेदभाव तथा छुवाछूतका बिषयवस्तुलाई प्राथमिकताका साथ प्रकाशन प्रसारण गर्ने वातावारणको निर्माण गरौं । दलित समुदायका क्रियाशील पत्रकारका साथै सम्पूर्ण पत्रकार तथा सञ्चार उद्यमीहरुको पेशागत हकहित र सुरक्षाका साथै जातीय भेदभाव तथा छुवाछूत व्यवहारबाटै अन्त्य गरी सामाजिक विकास गर्न हामी सबैलाई प्रेरणा मिलोस्, विश्व प्रेस स्वतन्त्रता दिवसको हार्दिक बधाईं तथा शुभकामना ।

प्रतिकृया दिनुहोस