यो माछा, जसको मुटु नै तीन वटा किन हुन्छ ? यस्तो छ कारण

Anautho macha

काठमाडौं । गहिरो समुद्रमा बस्ने एक रहस्यमयी जीव । समुद्रमा यसलाई हेर्न निक्कै कठिन हुन्छ । त्यसको कारण जुन ठाउँको कलर जस्तो छ यसले आफूलाई त्यहीँ कलरमा ढालिहाल्छ ।

यो रहस्यमय माछाको शरीरमा तीनवटा मुटु हुन्छन् । यसको रगत हरियो र निलो हुन्छ । यो जीवले आफूलाई कसैले आक्रमण गर्ने संकेत पाएमा आफ्नो शरीरबाट विशेष प्रकारका धुवा छाड्छ । जसले सहायताले आक्रमण गर्ने जीवको दृश्य बन्द गरिदिन्छ ।

यो माछाको अन्तर्राष्ट्रिय बजारमा धेरै नै माग छ । समुद्रभित्र बिना ढाड भएका जीवनमा यो सबैभन्दा बुद्धिमान जीव हो । यसको नाम कटलफिस हो । यसको शरीरमा अक्टोपस जस्तै ८ लुर्काना हुन्छन् । यसैको सहायताले यसले खाना जम्मा गर्छ ।

यसका १२० प्रजाति समुद्रमा पाइन्छन् । कटलफिसको विशेषता भनेको शंख बाहिर हुनुपर्नेमा भित्र हुन्छ । ऐरागोनाइटबाट बनेको यसको शंखको सहायताले समुद्रको भित्र सजिलै आउजाउ गर्छ ।

कटलफिसको आँखा डब्ल्यु आकारको हुन्छ । यसले १८० डिग्रीमा रहेका जुनसुकै बस्तु देख्न सक्छ । त्यसैले जीवको आकारबाटै आफ्नो आहारा हो वा सत्रु हो भन्ने कुरा छुट्टाउँछ । यसको शरीरमा तीनवटा मुटु हुन्छन् । यसको रगत हरियो र निलो हुन्छ । कटलफिसको शरीरमा हुने इंकको बजारमा ठूलो माग छ । यसको शरीरबाट निकालिने इंकको मूल्य झण्डै २५ हजारको आसपास पर्छ ।

कटलफिसको प्रयोग सबैभन्दा धेरै खानाकै लागि गरिन्छ । कटलफिसको इंकसहित युरोप, एसिया, ओसियाना लगायतका क्षेत्रमा विशेष प्रकारका खानेकुरा बनाइन्छ । कटलफिसको शंखबाट मेटल कास्ट बनाइन्छ । शंखको माध्यमबाट विभिन्न प्रकारका सुन, चाँदी र हिराका गहनाको डिजाइन बनाइन्छ । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...