‘सामाजिक उत्तरदायित्व समिति’लाई वाईपास गर्दा बढ्यो एन्फामा असन्तुष्टी

Anfaa 20

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लकडाउन पीडित खेलाडीसहित अन्यलाई सहयोग गर्ने गरी राहत तथा सहयोग समन्वय समिति गठन राहत र सहयोग वितरण गर्ने नाउँमा विधान विपरित अवैधानिक समिति बनायो ।

यसअघि नै एन्फामा विधान बमोजिमकै विधान बमोजिमको ‘सामाजिक उत्तरदायित्व समिति’ समिति छँदैछ । जुन एन्फाको स्थायी समिति हो । तर विधान विपरित गत बुधबार भिडियो कन्फरेन्सबाट एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रस्तावमा राहत तथा सहयोग समन्वय समिति गठन गरिएको छ ।

राहत तथा समन्वय समिति केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठको संयोजकत्वमा बनाइएको छ भने समितिमा उत्तमकुमार भण्डारी र रूपेश अधिकारी सदस्य छन् । विधानमा नभएको समिति भिडियो कन्फरेन्सबाट सामाजिक उत्तरदायित्व समिति समेतको अधिकार क्षेत्रलाई मिचेर नयाँ समिति बनाइएपछि नवनिर्मित समितिको वैधानिकताको बारे प्रश्न उठ्न थालेको छ ।

एन्फाको बिधानले भिडियो कन्फरेन्सबाट बैठक बस्न सकिनेबारे उल्लेख गरेको छैन । एन्फाको विधानको धारा ३७ बमोजिम कार्यसमिति बैठकको लागि ७ दिनअघि नै सदस्यहरुलाई लिखित जानकारी दिनुपर्ने व्यवस्था छ । तर, औपचारिक बैठक नै नबसी समिति गठन गरेको र समितिको संयोजकमा विवादित व्यक्तिलाई चयन गरिएकोमा एन्फाभित्र अहिले असन्तुष्ट बढेको छ ।

एन्फाको भिडियो कन्फरेन्सबाट औपचारिक समिति निर्माण गर्न प्रस्ताव गरी निर्णय गरिएपछि एन्फाकै वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेवाङले भने असन्तुष्ट व्यक्त गरेका छन् । उनले सचिवालय र सामाजिक उत्तरदायित्व समिति हुँदाहुँदै अर्काे समिति गठन गर्न नहुने सुझाव दिदा समेत जबरजस्ती समिति गठन गरेको बताए ।

समितिका संयोजक श्रेष्ठ एन्फाको स्थायी समिति स्वास्थ्य समितिका संयोजक समेत हुन् । उनीलाई स्वास्थ्य समितिमार्फत आर्थिक अनियमितता गरेको आरोपसमेत लागेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...