प्रधानमन्त्रीले आत्मालोचना गरेसँगै अन्तै मोडियो नेकपाको बाटो

Kp oli prachanda vet 20

काठमाडौं । सरकारले अप्रत्यासित रुपमा दुर्य वटा अध्यादेश ल्याएपछि उत्पन्न विवादकै कारण सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजन आउने आँकलन गरिरहँदा फेरि अर्काे मोड लिएको छ ।

लामो समयको रस्साकस्सीपछि शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा भएका कमी कमजोरीलाई सच्याएर लैजाने प्रतिवद्धता जनाएसँगै नेकपाको राजनीतिले अर्काे मोड लिएको छ ।

भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने र बरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव अस्वीकृत भएसँगै नेकपाको राजनीतिक खेल अन्तै मोडिने देखिएको छ ।

बामेदव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेपछि नेकपा सचिवालयको पहिलो बैठक बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले आत्मालोचना गरेका हुन् ।

‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धती र कम्युनिस्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएका छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मालोचना गर्नु भएको छ ।’

सो बैठकमा अध्यक्ष प्रचण्ड र अरु नेताहरुले पनि आत्मालोचना गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् । सो बैठकले पार्टीलाई फुट उन्मुख गराउने कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।

नेकपामा अध्यक्षद्धय केपी शमौ ओली र पुष्पकमल दाहाल ‘प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकले पार्टी स्थायी कमिटी बैठक २५ गते बस्ने बिहान ११ बजे बस्ने निर्णय गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार २४ गते दिउँसो ३ बजे पार्टी सचिवालय बैठक बस्ने निर्णय भएको छ ।

सचिवालयको बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए भने सो लगत्तै अर्का अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...