नेकपाको सचिवालय बैठक शुरु, ओलीसँगै राखियो प्रचण्डको कुर्सी

Nekapa miting 20

काठमाडौं । पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री बालुवाटारमा शुरु भएको छ । साढे पाँच बजे बोलाइएको बैठक शनिबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयको बैठक सुरु भएको हो ।

अघिल्लो पटकको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्ने कुर्सी राखिएको थिएन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अनुसार नयाँ बसाइको व्यवस्थापनका साथ सचिवालय बैठक शुरु भएको हो ।

कार्यकारी अध्यक्ष बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पुष्पकमल दाहाल प्रचण्डको कुर्सी राखिएको थियो । तर बीचमा पार्टीमा विवाद देखिएपछि प्रचण्ड अन्य सचिवालय सदस्यसँगै बस्दै आएका थिए ।

शनिबारको बैठकमा भने दुवै अध्यक्षलाई सँगसँगै राखिएको छ र अध्यक्षको सम्मुखमा महासचिवलाई राखिएको छ । तीन–तीन सचिवालय सदस्यलाई र महासचिव र अध्यक्ष बीचको भागको दायाँ र बाँया राखिएको छ ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा मुख्य दुई विषयमा छलफल हुनेछ । आजको सचिवालय बैठकमा भावि प्रधानमन्त्रीका लागि प्रस्तावित उपाध्यक्ष बामदेव गौतमलाई कसरी प्रधानमन्त्री बनाउने भन्ने रोडम्याप र पार्टीको स्थायी कमिटी बैठक बस्ने बारेमा छलफल हुने सचिवालय सदस्यहरुले बताएका छन् ।

बुधबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले गौतमलाई नयाँ प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेका थिए । आजको बैठकले गौतमको भविष्य के हुने भन्ने विषय निर्धारण गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...