क्वारेनटाइनमा राख्न लैजादै गर्दा ६७ वर्षीय जुनी लोहारको मृत्यु

Jhulaghat women mrityo

बैतडी । एउटा क्वारेन्टाइनबाट अर्काे क्वारेन्टाइनमा लैजादै गर्दा बैतडीका एक वृद्धको निधन भएको छ ।

बिहीबार दिउँसो उत्तराखण्डको पिथौरागढबाट नेपाल आएकी पुर्चौडी नगरपालिका–६ घर भएका ६७ वर्षीय जुनी लोहारको शनिबार बिहान ७ बजे निधन भएको हो ।

नेपाल–भारत सीमा झुलाघाटबाट उद्धार गरेर बिहीबार राति उनलाई सुरुमा दशरथचन्द नगरपालिकाको एक विद्यालयमा राखिएको थियो ।

शुक्रबार पुरचौर्डी नगरपालिकाको एक क्वारेन्टिनमा ल्याइएका उनलाई शनिबार अर्को क्वारेन्टिनमा लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

व्यवस्थित क्वारेन्टिनमा सार्ने बेला शनिबार बिहान ६ बजेतिर पैदल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी दमको बिरामी थिइन् । मृतकको स्वाब संकलन गर्ने र परीक्षणका लागि धनगढी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।

सरकारले बिहीबार महाकालीपारि अलपत्र परेका २६ सय नेपालीको उद्धार गरेको थियो ।

प्रतिकृया दिनुहोस