अमेरिकामा बन्यो कोरोनाविरुद्धको ‘रेम्डिसिभियर’ नामक एन्टिभाइरल औषधि, निर्मुल हुन २ वर्ष लाग्ने

Coronavirus outbreak news

काठमाडौं । महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरसले अहिले विश्वका २ सय १२ मुलुक आक्रान्त छन । अन्य मुलुकहरु पनि रक्षात्मक अवस्थामा छन । यतिखेर सबैको आकांक्षा भनेकै यसको उपचार र अन्त्य हो । अर्थात, यो महामारी कहिले रोकिएला ? भन्ने तर्फ नै दुनियाँको चासो जोडिएको छ ।

अमेरिकाको युनिभर्सिटी अफ मिनेसोटाको सेन्टर फर ईन्फेक्सीयस डिजिज रिसर्च एण्ड पोलिसी (सिआईडिआरएपी) ले प्रकाशित गरेको रिपोर्टले कोरोना भाईरसलाई नियन्त्रणमा लिन ईन्फ्लुएन्जालाई नियन्त्रणमा लिन भन्दा बढी गारो हुने बताएको छ । किनकी दुनियाको काल बनेको कोरोना भाईरस लक्षण बिना नै मानिसमा फैलिन थालेको छ ।

रिपोर्टका अनुसार बिना लक्षण सुटुक्क रोग फैलिनु भनेको मानव जगतका लागि अत्यन्तै घातक हुन्छ । कोरोनाको रोकथामका लागि विश्वभर लकडाउन गर्नेदेखि लिएर थुप्रै थुप्रै उपायहरु अपनाईएका छन । खोज अनुशन्धानसंगै प्रयोगात्मक शैलीमै भए पनि उपचारको क्रम चलिरहेको छ । यद्यपी कोरोना संक्रमणको कहर रोकिएको छैन, कायमै छ ।

कोरोना भाईरसको यो महामारी सन २०२२ सम्म लम्बिने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ । हरेक मुलुकका सरकारहरुले आफ्ना जनताका लागि सूचना सम्प्रेष गर्ने क्रममा यो विषयलाई पनि समावेश गर्न रिपोर्टले सुझाएको छ । अबको दुई बर्ष भित्र कोरोनाको प्रकोप पुनः फर्कने तर्फ आम मानव समुदायलाई सचेत गराउन रिपोर्टले जोड दिएको छ ।

यो रिपोर्ट सिआईडिआरएपीका निर्देशक माईकल ओस्टरहोम, चिकित्सा निर्देशक क्रिस्टेन मूर, टुलेन युनिभर्सिटीका पब्लिक हेल्थ हिस्टोरियन जोन बेरी र हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका महामारी विशेषज्ञ मार्क पिलसिचले संयुक्त रुपमा लेखेका हुन ।

यता, रोना भाइरसविरुद्व अमेरिकी सरकारले ‘रेम्डिसिभियर’ नामक एन्टिभाइरल औषधिलाई शुक्रबार स्वीकृति प्रदान गरेको छ । जसलाई कोभिडविरुद्वको अमेरिकी अभियानमा महत्वपूर्ण पहल बताइएको छ ।

अमेरिकी संघीय सरकारको औषधि स्वीकृतिसम्बन्धी आधिकारिक निकाय ‘द फूड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन’ (एफडीए) ले आपत्‌कालीन स्वीकृतिका रुपमा सो अनुमति प्रदान गरेको हो । कोभिड आतंकले आक्रान्त बनेको अमेरिकी पृष्ठभूमिमा सो एन्टिभाइरलको परीक्षण नतिजा सकारात्मक आएको बुधबार नै जनाइएको थियो ।

स्वीकृत लगत्तै यो ‘एन्टिभाइरल’ औषधिलाई इन्जेक्सनमार्फत बिरामीलाई दिइनेछ । यसअघि प्रयोग गरिँदै आएको औषधि ‘प्लेस्बो’ को पन्ध्र दिनको तुलनामा ‘रेम्डिसिभियर’ ले एघार दिनमा बिरामीलाई निको गर्ने दाबी गरिएको छ ।

यद्यपि यसले बिरामीको मृत्युदरलाई कति हदसम्म न्यूनीकरण गर्छ भन्ने स्पष्ट नभएको विज्ञहरुको भनाइ छ । क्यालिफोर्नियामा अवस्थित ‘गिलियाड साइन्स’ नामक औषधि कम्पनीले बनाएको सो औषधिले कोरोना भाइरसलाई नष्ट गर्ने बिरामीमाथिको परीक्षण उपचारमा देखिएको छ ।

कम्पनीले प्रारम्भिक रुपमा एक लाख ४० हजार बिरामीका लागि औषधि बनाएको छ । सुरुमा सन २०१४ मा देखिएको इबोला संक्रमणमा यो औषधि पहिलोपटक बनाइएको थियो । तर इबोला संक्रमणमा यसले खासै प्रभाव गर्न नसकेको बिज्ञहरुको तथ्यांक छ ।

शुक्रबार ओझल अफिसमा पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘रेम्डिसिभियर’ ले अस्पतालमा भर्ना भइरहेका कोभिड–१९ का बिरामीहरुका उपचारमा महत्वपूर्ण हुने बताए । ‘यो औषधिले आपत्कालीन रुपमा स्वीकृति पाउनु खुसीको विषय हो,’ राष्ट्रपतिले भने ।

सरुवा रोगसम्बन्धी अमेरिकी सरकारका प्रमुख विज्ञ डा. एन्थोनी फाउचीले परीक्षण नतिजाले उपचार विधिलाई आत्मसाथ गरे पनि कोभिड–१९ निर्मूल नै भइहाल्ने ग्यारेन्टी गर्न नमिल्ने बताएका छन् । पूर्ण उपचारका लागि भने भ्याक्सिन कुर्नुभन्दा अर्को कुनै विकल्प नभएको विज्ञहरुले बताउँदै आएका छन् ।

विश्वमै कोभिड–१९ बाट सर्वाधिक संक्रमित अमेरिकामा हालसम्म एघार लाख बढी संक्रमित भइसकेका छन् भने करिब ६४ हजारको मृत्यु भइसकेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...