आज मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने

Weather nepal

काठमाडौं । देशका पहाडी भू–भागका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको छ ।

अहिले देशभर स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको मध्य र पूर्वी भू–भागमा पूर्ण बदली रहि पश्चिमी भू–भागमा आंंशिक वदली रहेको छ। देशको पूर्वी भू–भागका केहि स्थानहरुमा मेघ गर्जन रचट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको मध्य र पूर्वी भू–भागका साथै पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रहि अन्य भू–भागमा आंशिक बदली रहनेछ । देशका पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना पनि रहेको छ ।

आज राती पहाडी भू–भागमा सामान्य बदली तथा पूर्वी तराइमा आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पश्चिमी र पूर्वी पहाडी भू–भागका केहि स्थानहरुमा र मध्य भू–भागका एक, दुई स्थानहरुमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...