ताप्लेजुङमा लागेको आगो साँढे २ घण्टापछि नियन्त्रणमा, जल्यो कांग्रेस पार्टी कार्यालय

Taplejung aagolago

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा लागेको भीषण लागो झण्डै साँढे २ घण्टापछि नियन्त्रणमा आएको छ ।

शुक्रबार राती करिव साँढे १० बजेतिर फुङलिङ नगरपालिका वडा नं. ५ को पुरानो बैंकस्थित लाईन ट्याक्सी स्टेन छेउमा अचानक आगलागी सुरु भएको थियो । सो आगलागी नियन्त्रणका लागि जनपथ प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासी जुटेका छन् । आगो निभाउन फुङलिङ नगरपालिकाको दमकल पनि पुगेको थियो ।

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ५ मा रहेको भट्टराई होटलबाट सुरु भएको सो आगलागीबाट ७ वटा घर जलेर पूर्णरुपमा ध्वस्त भएको छ । तीमध्ये ५ वटा काठको घर पूर्ण रुपमा जलेको र २ वटा पक्की घर जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो आगलागीबाट श्याम केसी र राम चौधरीको घर पूर्णरुपमा जलेको छ । त्यसैगरी अन्य ५ वटा कच्ची घर पनि पूर्ण रुपमा जलेका छन् । सो ट्याक्सी स्टेण्डमा रहेका साना साना टहरा पनि जलेको प्रहरीले जनाएको छ । ११ वटा पसल पनि जलेका छन् । बीच बजारमा आगलागी भएपछि अन्य घर जोगाउन केही घर भत्काइएको स्थानीयले बताएका छन् ।

सो आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । के कति क्षति भयो भन्ने बारे कुनै विवरण नआइपुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पाँच वर्ष अघि पनि ताप्लेजुङ सदरमुकाम फुङलिङमा आगलागी भएको थियो । त्यसबेला आगलागीले जिल्ला विकास समितिको कार्यालयको पूरानो भवन, उर्जा तथा वातावरण शाखाको कार्यालय तथा स्थानीय शान्ति समितिको कार्यालयसहित झण्डै ७० घर जलेर नष्ट भएका थिए ।

Video

प्रतिकृया दिनुहोस