धनकुटा उद्योग बाणिज्य संघले मजदुरलाई दियो सुरक्षा सामाग्री

Dkt 19

धनकुटा । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज धनकुटा उद्योग बाणिज्य संघले मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित सामाग्रीहरु वितरण गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघले धनकुटा निगाले सिमेन्ट प्रालि सिधुवा धनकुटा र गुरासे टि स्टेट प्रालि धनकुटा हिलेका मजदुरहरुलाई मजदुरहरुलाई माक्स, हेण्ड वास, पञ्जा र सेनिटाईजर जस्ता स्वास्थ्य तथा सुरक्षित सामाग्रीहरु वितरण गरेको छ ।

संघले सो अवसरमा संघले निगाले सिमेन्ट धनकुटाका प्रत्यक्ष रुपमा अवलोकन गरी उद्योगको समस्याहरु र अहिलेको अवस्थाको वारेमा जानकारी समेत लिएको थियो । सो अवसरमा निगाले सिमेन्ट प्रालि निगाले धनकुटाका प्रवन्धक सरोज सेढाईले निगाले सिमेन्ट प्रालिको अहिलेको समस्या लगायत उत्पादनको अवस्थाको वारेमा जानकारी दिएका थिए ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ, उपाध्यक्ष तथा तितरक संघ हिलेका अध्यक्ष कृष्णराज श्रेष्ठ, महासचिव रामबहादुर गोङ्वा तामाङ, कोषाध्यक्ष रुपेश श्रेष्ठ, सदस्य डिजेस शाक्य, रामबहादुर तामाङ, वितरक संघ हिलेका कोषाध्यक्ष विक्रम प्रधान, सदस्यहरु विपिन थापा, उत्सव कटेल, कमल खतिवडा लगायत सहभागी थिए ।

प्रतिकृया दिनुहोस