जेठ ४ गतेसम्म थपियो लकडाउन, १३० जिल्ला परे ‘रेड जोन’ मा

Lockdown india

काठमाडौं । भारतमा लकडाउन दुईहप्ता लम्बिएको छ । कोरोना भाइरस अझै नियन्त्रणमा नआएकाले लकडाउन लम्ब्याइएको भारत सरकारले जनाएको छ । 

भारत सरकारले यसअघि लागू गरेको लकडाउनको समय वैशाख २१ गते सकिन लागेकोमा फेरि दुई साता बढाएर जेठ ४ गतेसम्म कायम गरिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।

लकडाउनबारे निर्णय लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार उच्चस्तरीय बैठक बोलाएका थिए । करिब साढे २ घण्टा चलेको बैठकमा गृहमन्त्री अमित शाह, वित्तमन्त्री निर्मला सीतारमण, रेलमन्त्री पीयूष गोयल लगायतका अधिकारी बैठकमा सहभागी थिए ।

भारतमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ३५ हजार ८९ पुगेको छ भने शुक्रबार आन्ध्र प्रदेशमा ६०, राजस्थानमा ५८, पश्चिम बंगालमा ३७, बिहारमा २५, कर्नाटकमा ११, हरियाणामा ८, ओडियामा ५ जना नयाँ सक्रमित फेला परेका छन् । हालसम्म भारतमा कोरोनाबाट ११४८ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच भारतले थप गरेको लकडाउनको अवधिमा  विभिन्न ठाउँलाई संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र ओरेन्ज जोनमा छुट्याउने भएको छ । ‘अरेन्ज जोन’ र ‘ग्रीन जोन’मा रहेका जिल्लाहरुलाई भने केही छुट दिइएको जनाइएको छ ।

गृहमन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइएको छैन ।

दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर र जयपुरजस्ता क्षेत्र ‘रेड जोन’ मा परेका छन् । साथै उत्तर प्रदेशको १९ जिल्लालाई पनि ‘रेड जोन’ घोषणा गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...