बाँकेका कोरोना संक्रमित मुस्लिम धर्मगुरु रहेको पुष्टि

Bheri hospital

नेपालगञ्ज । नेपालगञ्जमा भेटिएका कोरोना संक्रमित उपमहानगरपालिकास्थित एक मस्जिदमा रहेका धर्मगुरु भएको खुलेको छ ।

नेपालगञ्‍जका धार्मिक स्थलमा रहेका धर्मगुरु र उनीहरुका सहयोगीको कोरोना परीक्षण गर्ने क्रममा नेपालगञ्‍जको एक मस्जिदमा बस्दै आएका एक ६० वर्षीय धर्मगुरु (जमाती) मा कोरोना संक्रमण भेटिएको हो ।

आरटी–पिसिआर विधिबाट परीक्षण गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएपछि धर्मगुरु र उनी बस्दै आएको मस्जिदलाई निगरानीमा राखिएको छ ।

कोरोना संक्रमण भएका व्‍यक्तिलाई खजुरास्थित सुशील कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्थापना गरिएको कोरोना अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिने भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ड डा. प्रकाशबहादुर थापाले बताए ।

मस्जिदमा बस्दै आएका धर्मगुरुमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सुरक्षाकर्मीले उनी बस्दै आएको मस्जिदलाई सिल गरेको छ । ति धर्मगुरुको ट्राभल हिस्ट्री खोजेर थप ब्यक्तिको कोरोना परीक्षण गरिने तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...