भारतीय मजदुरलाई साप्ताहिक ६ सय रुपैयाँ भत्ता दिइने

Etta vatta

भक्तपुर । भक्तपुर इटाभटा व्यवसायी संघले इटाभटामा कार्यरत भारतीय मजदुरहरुलाई साप्ताहिक राहत भत्ता दिने भएको छ । लकडाउनका कारण इटाभटा बन्द भएपछि स्वदेश फर्कन नपाएका भारतीय मजदुरहरुलाई हप्तामा ६ सय रुपैयाँं भत्ता दिने भएको हो ।

भक्तपुर इटाभटा व्यवसायी संका अध्यक्ष नातिभाइ ह्योंम्वाले शुक्रबार बसेको संघको बैठकले जिल्लाभरिमा कार्यरत सबै इटाभटामा कार्यरत रही स्वदेश फर्कन नसकेको सबै भारतीय मजदुरहरुलाई प्रति हप्ता ६ सय रुपैयाँं राहतस्वरुप भत्ता प्रदान गर्ने निर्णय भएको जानकारी गराए ।

राहत रकमसहित उनीहरुलाई बस्न, खानेपानी अनि बिजुलीको पनि बन्दोबस्त इटाभटा उद्योगीले उद्योग चलेको समयमा जस्तै सुविधा दिइरहने निर्णय भएको अध्यक्ष ह्योम्वाले जानकारी गराए ।

संघको तथ्यांकअनुसार भक्तपुरमा ६६ वटा इटाभटाहरु सञ्चालित छन् । ती इटाभटाहरुमा हाल तीन हजारको हाराहारीमा भारतीय मजदुरहरु कार्यरत छन् । भारतीय मजदुरहरु विशेष गरेर इटाभटामा इटा पोल्ने, पोलिसकेको इटा बजारमा पठाउनका लागि इटाभटाबाट बाहिर निकाल्न बोक्ने लगायतका कार्यमा संलग्न हुन्छन् ।

यी इटाभटाहरुमा थोरै भारतीयका साथै धेरै नेपाल मजदुरहरु पनि कार्यरत छन् । इटा पार्न, इटा वोक्न लगायतका काममा नेपाली मजदुरहरु कार्यरत हुन्छन् । उनीहरु भने आआफनो गाउँंठाउँं फर्किसकेको जनाइएको छ ।

इटाभटा व्यवसायीहरुका अनुसार यी इटाभटामा कार्यरत भारतीय मजदुरहरु सिजनभरि इटाभटामै अस्थायी टहरा बनाइ बस्छन् । उनीहरुलाई खानेलाउने बाहेकको विजुली, खानेपानी लगायतका सम्पूर्ण आधारभूत सुबिधाहरु सम्बन्धित इटा उद्योगीले नै मिलाइदिने गर्दछ ।

संघको निर्णयअनुसार यो वर्ष चैत २० गतेदेखि नै जिल्लाका सम्पूर्ण इटाभटामा इटा पार्ने काम बन्द गर्ने निर्णय गरी इटा पार्ने नेपाली मजदुरहरुलाई आ–आफनो गाउँठाउँ फर्काइसकेको छ । यसबाहेकका इटा बोक्ने नेपाली मजदुरहरु पनि लकडाउनकै बेला आ–आफनो गाउँ फर्किसकेका छन् । यीबाहेक बाँंकी भएका इटा पोल्ने भटामा बस्ने मजदुरहरुको लागि यो राहतको निर्णय गरिएको हो ।

प्रत्येक वर्ष मंसिरबाट सुरु भई बैशाख जेठसम्म इटाभटाको सिजन हो । तर यो वर्ष लकडाउनका कारण चाँडै नै इटा पार्ने काम बन्द गराई इटा उद्योग वन्द गरिएको हो । यहाँंका झण्डै सवै इटाभटामा इटा पोल्ने काम पनि वन्द भइसकेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...