रोल्पा घटनाका दोशीलाई कारवाही गर : कांग्रेस

Bishwa prakash sharma 19

काठमाडौं । चार जना बालबालिकाको ज्यान जाने गरी रोल्पाको त्रिवेणी गाउँपालिकामा भएको घटनाका दोषीलाई कारबाही गर्न पनि नेपाली कांग्रेसले माग गरेको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बिहीबार रोल्पामा भएको बम बिस्फोटको घटनाको गम्भीर अनुसन्धानको माग पनि गरेको छ । अवोध बालबालिकाको मृत्यु भएको यो घटनाबाट कांग्रेससँगै सिंगो देश मर्माहत भएको शर्माले बताएका छन् ।

सो घटनाको गहिरो अनुसन्धान गर्न सरकारसँग माग गर्दै कांग्रेसले भनेको छ, ‘जहाँ कहिँ पनि होलान् यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।’

‘द्वन्द्वको दशकले छाडेका चोटहरु खाटा बस्न एकातर्फ अझै बाँकी छ तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ’ सो विज्ञप्तीमा भनिएको छ, ‘यसले हिंसाबाट समाधान खोज्न चाहने सबै थरिलाई हृदयदेखि गम्भीर र आत्मआलोचित बनाउने अपेक्षा छ ।’

प्रतिकृया दिनुहोस