प्रहरीका १६ एसएसपी सरुवा र १९ एसएसपीको पदस्थापन, को कहा परे ?

Police logo

काठमाडौं । नेपाल प्रहरीका १६ एसएसपीको सरुवा भएको छ । साथै मन्त्रीस्तरको बिहीबारको निर्णयबाट १६ एसएसपीको सरुवा तथा हालै बढुवा भएका १९ एसएसपीको पदस्थापन गरेको हो ।

बिहीबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको बैठकले उनीहरुको पदस्थापना र सरुवा गर्ने निर्णय गरेको जनाएको छ ।

नेपाल प्रहरीका सहायक प्रवक्ता उमेशराज जोशीको संघीय प्रहरी इकाई काभ्रेपलाञ्चोक सरुवा भएको छ । जोशीको स्थानमा कुबेर कडायत सरुवा भएका छन् ।

यस्तै, टेकबहादुर तामाङ तालिम केन्द्र, विराटनगर, श्यामलाल ज्ञवाली महानगरीय प्रहरी परिसर काठमाडौं, दीपक थापा अपराध महाशाखामा सरुवा भएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...