धरौटी बुझाएलगत्तै पक्राउ परे व्यवसायी सुलभ अग्रवाल

Sulav agrawal

काठमाडौं । व्यवसायी सुलभ अग्रवाल २५ लाख ५० हजार धरौटीमा रिहा भए लगत्तै पक्राउ परेका छन् ।

चैत २५ गते अग्रवाललाई ३५ सय पर्ने थर्मल गन १५ हजारमा बिक्री गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । परिसरको टोलीले अग्रवाललाई शुद्धिकरण विभाग पुलचोकमा बुझाएको छ ।

कालोबजारी गरेको अभियोगमा काठमाडौं महानगरपालिका –४ बालुवाटारबाट अग्रवाललाई काठमाडौं महानगरपालिका(१ नक्साल बालमन्दिरबाट गत चैत २५ गते मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो । 

बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेस प्याकुर्‍यालको इजलासले अग्रवाललाई धरौटीमा रिहा गरे लगत्तै महानगरीय प्रहरी परिसर, टेकुको विशेष टोलीले पक्राउ गरेको हो । ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवालको मुद्दा बिहीबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा सुनुवाई भएको थियो ।

टेस्ट किट र थर्मल गनको भन्सार महसुल ५ प्रतिशत र मूल्य अभिवृद्धिकर १३ प्रतिशत लाग्छ । मास्कमा १० प्रतिशत भन्सार महसुल लाग्छ भने पीपीईमा २० प्रतिशत महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ ।

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूतसमेत रहेका अग्रवालले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको थियो । उनको साथबाट २०९ एचसीसी १ नम्बरको गाडी प्रहरीले बरामद गरेको थियो ।

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालले १२ सय थर्मल गनको मात्र भन्सार तिरेको पाइएको थियो । चीनबाट २० हजार वटा ल्याएको प्रहरीले सुराक पाएमध्ये बाँकी भने सामाजिक कामका लागि देखाइएको थियो । भन्सार तिरेर ल्याएको सामानको मात्र व्यापार गर्न पाइन्छ । सामाजिक काममा ल्याइएका भनिएका वस्तु बेच्न पाइन्न ।

भन्सारको विवरणअनुसार शंकर ग्रुपले ३ हजार थान टेस्ट किट, केही मास्क, पाँच सय थान पीपीई र १२ सय थान थर्मल गनलाई व्यापारिक प्रयोजनमा देखाएर भन्सार तिरेको छ । बाँकी भने ‘सेटिङ’ मा छिराएर अत्यधिक बढी मूल्यमा बेचेको पाइएको थियो ।

प्रतिकृया दिनुहोस