नयाँ बानेश्वरमा सिलिण्डर पड्किँदा ३ जना घाइते

Gyas logo

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएका छन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार सिलिन्डर पड्किँदा पसल नजिकै रहेको बा७१प ७४१ नंको स्कुटरसमेत जलेर नष्ट भएको भएको छ ।

स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित तीनजना घाइते भएका छन् । बुधबार राति भएको उक्त घटनाका घाइतेको निजामती अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य दुई घाइतेको पहिचान खुलेको छैन ।

 

प्रतिकृया दिनुहोस