भारतीय सीमामा अलपत्र परेका सबै नेपालीको उद्धार सुरु, भारतबाट अरु नेपालीले पनि आउन पाउने

Border mahakali river bridge

काठमाडौं । लकडाउनका कारण एक महिनादेखि महाकाली सीमानामा अलपत्र परेका नेपाली नागरिकको उद्धार सुरु भएको छ ।

भारतका बिभिन्न क्षेत्रबाट मजदुरी गरी आएका नेपालीहरु एक महिना बढी समयदेखि सीमा क्षेत्रमा अलपत्र परेका थिए । क्वारेन्टाइन अवधि सकिए पनि उनीहरुको उद्धारमा ढिलाइ भएको भन्दै बुधबार दिउँसो बसेको सरोकारवालाको बैठकले बिहीबार बिहानबाट उद्धार गर्ने निर्णय गरेको थियो ।

दार्चुलाको सीमा शहर भारतको धार्चुला र बैतडीको सीमा शहर झुलाघाटमा नेपाली मजदुरलाई रोकिएको थियो । भारतको धार्चुलामा रहेका एक हजार ६१ जनालाई आज नेपाल प्रवेश गराउन थालिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । उनका अनुसार, नेपाल फर्कन चाहनेहरुलाई आउन दिइनेछ ।

भारतको झुलाघाट नाकामा रहेका आठ सय ३७ जनालाई पनि नेपाल ल्याउन लागिएको छ । भारतका विभिन्न क्वारेन्टाइनमा बसेका र अन्य स्वदेश फर्कन चाहनेलाई आउने दिइने भएको हो । उनीहरूलाई भौतिक दूरी कायम गरेर भित्र्याउने र स्वास्थ जाँच गरिने स्थानीय प्रशासनले जनाएको छ ।

क्वारेन्टाइन अवधी सकिएलगत्तै उनीहरुको उद्धारको पहल भएको थियो । तर, संघीय सरकारबाट निर्देशन नआउँदा उद्धारमा ढिलाइ भएको हो ।

केहि दिन पहिलेदेखि बैतडी र बझाङका स्थानीय तहका जनप्रतिनिधिहरु नै आफ्ना नागरिकहरुको उद्धार गर्न भन्दै प्रमुख जिल्ला अधिकारीलाई भेटेरै दबाब दिइरहेका थिए । स्वदेश फर्किएका मजदुरहरुले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । उनीहरुको स्वास्थ्य परीक्षण गरेपछि मात्रै घर पठाइने जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...