कोरोना सन्त्रासपछिको विश्व अर्थराजनीति र नेपाल

Kiran giri

आज विश्व कोरोना माहामारिको संकटमा परेको छ । यतिबेला विश्व का अधिकांस मानिसहरु लकडाउन, परीक्षण, आइसोलेसन र उपचारमा तल्लीन छ्न । नेपाल पनि त्यो चपेटाबाट बाहिर छैन । हामी पनि गत ३६ दिनदेखि लकडाउनमा छौं । यो प्रक्रिया अझैं केही हप्ता लम्बिन सक्छ ।

यतिबेला अब कोरोना महामारीपछि विश्वको राजनीतिक, आर्थिक र सामाजिक अबस्था कस्तो हुने भन्ने बहस, अनुमान र विश्लेषण चलिरहेको छ । विश्व परिवेशबाट नेपाल अलग रहन सक्ने अबस्थामा छैन । विश्वको राजनीतिक र आर्थिक अवस्था कस्तो हुन्छ । निक्र्यौल गर्नु अलि हतार हुन्छ होला । तर अनुमान र बहस चल्नु स्वाभाविक हो ।

अन्तर्राष्ट्रिय राजनीतिक विष्लेषकहरुको अनुमान छ कि अबको विश्वमा फ्रान्स र चीनले विश्वको राजनीतिक र आर्थिक नेतृत्व गर्ने छन् । अबको ब्यापारिक केन्द्र पेरिस र संघाइ हुनेछ भन्ने अनुमान गरिँदै छ । विश्व राजनीति र आर्थिक परिवेशमा काफी फेरबदल र परिवर्तन आउने छ ।

अब अमेरिकाको राजनीतिक र आर्थिक वर्चस्व कायम रहने छैन भन्ने दाबी पश्चिमाहरु नै गर्न थालेका छन् । कोरोनाले नेपाललगायत अब विश्वको राजनीतिक र आर्थिक सन्तुलनमा काफी फेरबदल ल्याउने अनुमान गरिँदै छ । नेपालको अवस्था आजभन्दा भोलि झन भारत वा चीनमा निर्भर रहनु पर्ने परिस्थिति आउन सक्छ । नेपालले धेरै ठूलो सचेतता, सुझबुझ र परिपक्वता आजैबाट अबलम्बन गर्नु जरुरी देखिन्छ ।

कोरोना महामारीपछि नेपालको सामाजिक, आर्थिक र आम नेपाली जनताको जीवनशैलीमा ठूलो परिवर्तन आउने अनुमान सहजै गर्न सकिन्छ । रोजगारी र शिक्षा क्षेत्रमा बिदेशमा बाहिरिएको झण्डै पौने करोड नेपाली युवा जनशक्तिको भविस्य अब के हुन्छ ? त्यसमा नेपालको सामाजिक र आर्थिक अबस्था निर्भर गर्दछ । वैदेशिक रोजगार नेपाली अर्थतन्त्रको ठूलो आधार हो । यसको निरंतरता र सुनिश्चितता को सवाल हाम्रो लागि अति महत्वपूर्ण कुरा हो ।

आज बिज्ञानलाई चुनौती दिँदै विश्व भ्रमण गरिरहेको कोरोना भाइरसका कारण संसारमा एक पटक धार्मिक आस्था, मौलिक सामाजिक संस्कार र संस्कृतिको भावना विकास र बिस्तार हुने छ । मानिसहरुमा दैवी एवं इस्वरीय शक्तिप्रति आस्था र विश्वास बढ्न थाल्ने देखिन्छ ।

मानव सभ्यता र इतिहासलाई नै तहसनहस गर्ने गरी आइरहेको कोरोना महामारी यतिबेला हाम्रो सामुन्ने ठूलो चुनौतीको रुपमा उभिएको छ । यसलाई पराजित गर्नु हामी सबैको पहिलो र अनिवार्य कर्तव्य हो ।

त्यसपछि आफ्नो, आफ्नो परिवार र मुलुकको भविस्यको खाका कोर्नु हाम्रै दायीत्व हो । विश्व मानचित्रमा नेपालको सार्वभौम अस्तित्व र पहिचानलाई बचाउन हाम्रो बीचको एकता, सहमति र सहकार्य आजको आवस्यकता हो । हाम्रो अनेकता र बेमेलमा कसैले धमिलो पानीमा माछा मार्ने चाहना राख्न नसकोस् ।

हुन त अहिले कोरोनाभन्दा ठूलो संक्रमणमा सत्तारुढ दल नेकपाभित्रको अन्तरद्वन्द देखापरेको छ । हामीले आफ्नो जीवनशैलीमा परिवर्तन गर्दै भोलीका सबै चुनौतीहरुलाई ऐक्यबद्धताका साथ सामना गर्दै अगाडि बढ्न सक्यौं भने समृद्ध नेपाल सम्भव छ । नेपाल र नेपालीको भविस्य हाम्रै हातमा छ ।

नेपालमा राजनीतिक दलहरुबीच सहमति र सहकार्यको झनै बढी आवश्यकता छ, कोरोनापछिको नेपालमा । यो तथ्यलाई नेकपा, नेपाली कांग्रेसलगायत राजनीतिक दलले आत्मसात गर्नु जरुरी छ ।

(लेखक राप्रपा केन्द्रीय नेता हुन् ।)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...