बारा र पर्सामा क्वारेन्टाइनमा रहेका ३ जनामा कोरोना, संक्रमितको संख्या ५७ पुग्यो

Corona test

काठमाडौँ । नेपालमा थप तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । योसँगै वीरगञ्जमा हालसम्म फेला परेको संक्रमितको संख्या ६ पुगेको छ ।

उनीहरुको स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा त्यहाँ नतिजा पोजेटिभ आएको हो । वीरगञ्जका संक्रमित सिद्धार्थ मावीस्थित क्वारेन्टाइनमा बस्दै आएका थिए । बारा जिल्लामा भने पहिलो पटक संक्रमित फेला परेका हुन् । बाराका संक्रमितहरुलाई अस्पताल ल्याउने तयारी भइरहेको छ ।

वीरगन्ज इनार्वाका ५५ वर्षीय संक्रिमत गत मार्चमा भारतको दिल्लीमा भएको तबलीगी जमातको धार्मिक भेलामा सहभागी भएका थिए । उनीसँग जीतपुरका २ जना संक्रमित पनि उक्त सभामा सहभागी थिए ।

उनीहरुको समूह मार्च ६ मा दिल्ली गएर मार्च ११ मा वीरगन्ज फर्किएको थियो । वडा ३ का संक्रमित व्यक्ति वीरगन्ज महानगरपालिका सरसफाई शाखाका कर्मचारी हुन् । संक्रमण पुष्टि भएको एक दिन अगाडिसम्म उनी सरसफाई र राहत वितरण कार्यमा संलग्न रहेका थिए ।

यसअघि नेपालमा ५४ जना संक्रमित फेला परेका थिए । अहिले नेपालमा कोरोना संक्रिमितको संख्या ५७ पुगेको छ । जसमध्ये १६ जना निको भएर फर्किसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...