कांग्रेसको बैठक आज सानेपामा १ बजे बस्दै

Nepali congress bilding

काठमाडौं । सरकारले चालेका कदमको समिक्षा गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

लकडाउनकै समयमा सरकारले ल्याएको अध्यादेश, कोरोना संक्रमण र नियन्त्रणमा सरकारले चालेका कदम लगायतका विषयमा कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नेछ ।

सरकार अधिनायक दिशामा रहेको आरोप लगाएको कांग्रेसले लकडाउनपछि सरकारविरुद्ध गरिने गतिविधिका विषयमा समेत छलफल हुने बताइएको छ ।

आजको बैठकले संसद बैठक छिटो बोलाउन सरकारसँग आग्रह गर्ने भएको छ। राहत वितरणमा विभेद गरिएको आरोप लगाएको कांग्रेसले सरकारको त्यसतर्फ ध्यानाकर्षण गराउने भएको छ ।

प्रतिकृया दिनुहोस