आज ५ बजे बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्ने

Nekapa sachibalaya

काठमाडौं । दुई वटा अध्यादेश आएपछिको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद उत्सर्गमा पुगेको छ । यसलाई समाधान गर्न नेकपाको सचिवालय बैठक बुधबार साँझ ५ बजे बस्दैछ ।

सचिवालय बैठक बोलाएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएलगत्तै सचिवालय बैठक बोलाइएको हो । पछिल्लो समय प्रधानमन्त्री ओलीले ल्याएका दुई अध्यादेशले नेकपाभित्रको विवाद उत्कर्षमा छ ।

जसलाई किनारा लगाउन अध्यक्ष नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल सहितका सचिवालयका बहुमत सदस्यले सचिवालय र स्थायी समिति बैठक राख्न पहल गर्दै आएका छन् । तर अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली सहमत नहुँदा बैठक बस्न सकेको थिएन ।

केही दिनयता देखापरेको नेकपाभित्रको विवाद बैठकबाट मिल्छ की भनेर सचिवालयको बैठक बोलाउन चौतर्फी दवाव बढेको थियो । यद्यपि प्रधानमन्त्री ओली भने तत्काल बैठक राखी हाल्ने पक्षमा थिएनन् । मंगलबार बालुवाटारमा भएको ओली र प्रचण्डबी भएको एक घण्टा लामो छलफलमा बुधबार नेकपा सचिवालय बैठक राख्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका थिए ।

सोमबारदेखि सचिवालय बैठक बस्ने भनिए पनि नेताहरु गुटगत छलफलमा व्यस्त भएपछि बैठक अनिश्चित बनेको थियो । बैठक आज बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जानकारी दिए ।

यसअघि २० जना स्थायी कमिटी सदस्यले पार्टीका अध्यक्षद्वयलाई पत्र लेखी तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए । वैशाख ८ मा प्रधानमन्त्री ओलीले पार्टीसँग सल्लाह नै नगरी दुईवटा विधेयक ल्याएसँगै नेकपा विवादको भूमरीमा फसेको हो ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्ष ओलीबाट कम्तीमा पनि प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद खोस्ने रणनीतिमा छन् । तर ओलीपक्ष भने माधव नेपाल समूहलाई फकाएर अघि बढ्न लागिपरेको छ । त्यसो नहुँदा संसदीय दलमा बहुमत पु¥याउने कसरत पनि ओली पक्षले गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...