सरकारी अधिकारीसँग भेटघाटमा ब्यस्त बन्यो कोभिड १९ नागरिक सरोकार अभियान

Butwal news 16

बुटवल । कोरोना भाइरसबाट समस्या परेका नागरिकलाई सहयोग गर्न गठित कोभिड १९ नागरिक सरोकार अभियानले रुपन्देही जिल्लाका सरकारी निकायका प्रतिनिधिहरुसँग भेटघाट गरेको छ ।

सो अभियानमा संलग्न टोलीले जिल्लाका सम्बन्धित कार्यालयमै पुगी कोरोना भाईरस नियन्त्रणका लागि भन्दै गरिएको लकडाउनको पालना, सीमा क्षेत्रमा गरिएको कडाई एवं नागरिकहरुको औषधी उपचार र राहतका विषयमा छलफल गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्त, जिल्ला समन्वय समितिका सभापति एकराज विक तथा रुपन्देहीका प्रहरी प्रमुख हेमराज थापालाई भेट गरेर कोरोना भाइरस नियन्त्रणमा भइरहेका पछिल्लो अवस्थाबारे जानकारी लिएको अभियानका संयोजक तथा संविधानसभा सदस्य विनोद पहाडीले बताए ।

अभियानको टोलीले यसअघि कोरोना विशेष अस्पतालहरुको अवलोकन एवं स्वास्थ्य संस्थामा ओपिडि संचालनका विषयमा ध्यानाकर्षण गराएको थियो । यस संस्थामा प्रदेश नं. ५ का १२ जिल्लावाट एक सय बढी सदस्यहरु अवद्ध छन् ।

अझै पनि सरकारी निकायहरुबीच कोरोना नियन्त्रणका लागि आवश्यक समन्वय हुन नसकेको र फरक फरक सरकारी निकायहरुको कार्यशैलीका कारण समस्याहरु देखिएको अभियानका संयोजक एवं सभासद विनोद पहाडी बताउँछन् ।

सो छलफल कार्यक्रममा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति गोविन्द खनाल, अभियानका सदस्य एवं होटल तथा रेष्टुरेन्ट व्यवसायी सघका अध्यक्ष समुन्द्र जिसी, अभियानका सदस्य एवं अधिवक्ता पदमबहादुर कार्की, पत्रकार विक्रम खड्का लगायतले विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरसको महामारी रोक्न सरकारी तवरबाट पर्याप्त तयारी हुनुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...