बाबुराम भट्टराईले भने, रेडियो नेपाल कुनै पार्टीको बपौति हैन

Baburam vattarai

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेडियो नेपालको अन्तर्वार्तामा बोलेको विचारको आधारमा कर्मचारी धम्काउने काम बन्द गर्न सरकारलाई चेतावनी दिएका छन् ।

उनले अन्तरवार्तामा बोलेको कुराको जिम्मेवारी आफूले लिने भन्दै रेडियो नेपालका कर्मचारीलाई धम्क्याउने काम नगर्न सरकारलाई चेतावनी दिएका हुन् ।

जनता समाजवादीका नेतासमेत रहेका डा. बाबुराम भट्टराईसँग नवराज लम्सालले लिएको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्द प्रयोग भएको भन्दै सञ्चार मन्त्रालयले स्पष्टिकरण सोधेको छ । कार्यकारी निर्देशक कार्कीलाई तीन दिनभित्र प्रष्टिकरण पेश गर्न मंगलबार पत्र काटिएको छ ।

उनले ट्वीटरमा लेखेका छन्, ‘रेडियो नेपाल जनताको रगत पसिनाको करबाट संचालित सार्वजनिक संस्था हो । यो कुनै पार्टी, गुट, व्यक्तिको बपौति हैन । त्यहाँबाट प्रसारित विचार निम्ति बोल्ने व्यक्ति जिम्मेवार हुन्छ न कि रेडियोका पदाधिकारी ! अन्तर्वार्तामा बोलेका विचारनिम्ति म जिम्मेवारी लिन्छु ! कर्मचारीलाई धम्काउने काम नगर१ सावधान !’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...