कोरोना अस्पतालबाटै कर्मचारीले सामान चोरेको सिसिटिभि भुटेज सार्वजनिक, अस्पतालले बनायो छानविन समिति

Cctv photo chitwan

चितवन । भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा कर्मचारीहरुले नै समान ओसारेको अस्पतालको सीसीटीभी फुटेज सार्वजनिक भएको छ । कर्मचारीहरुले आफूहरुले समान चोरी नगरेको बताए पनि भिडियो बाहिरिएसँगै अनेक प्रश्न उब्जिएका छन् ।

भरतपुर महाननगरपालिकाले बनाएको यो अस्पताल गत चैत २१ गते भरतपुर अस्पतालको मातहतमा चलाउने निर्णय सहितको सम्झौता भएको थियो । तर चैत ३० गते राति साढे ९ बजेको समयमा कर्मचारीले सामान उठाएका थिए ।

कोरोना अस्पताल सुरु भएदेखि नै काम गरिरहेका तीन जना चिकित्सकहरुले काम गर्ने वातावरण नभएको भन्दै जागिर छाडिसकेका छन् । काममा समस्या बढ्दै गएपछि १० बुँदे मागसमेत पेस गरेको र माग सम्वोधन नभएको भन्दै गएको वैशाख ११ गते उनीहरूले राजीनामा दिएका थिए । अस्पतालमा अहिले एक जना मेडिकल अफिसर र भरतपुर अस्पतालका एक चिकित्सकले काम गरिरहेका छन् ।

कोरोना अस्पताल सञ्चालनको जिम्मा भरतपुर अस्पतालले लिइसकेपछि पनि उनीहरूले गएको वैशाख ७ गते राति ९ बजेपछि केही सामानहरू लगेको अर्को भिडियो पनि सार्वजानिक भएको छ । एक जना कर्मचारीलाई कुटपिट गरेकोसमेत भिडियोमा देखिएको छ ।

सो भिडियोमा अस्पतालमा कार्यरत भरतपुर महानगरपालिकाका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले रातको समयमा अस्पतालको स्टोरबाट सामानहरु पोका बनाएर बाहिर निकालेको प्रस्ट देखिन्छ ।

केही समयपछि अँध्यारो कोठामा मोबाइलको उज्यालोको सहारामा तीन जना नै प्रवेश गरेर पोका बनाएर राखेको सामान तीनै जनाले उठाएर लगेको भिडियोमा देख्न सकिन्छ । समान पोको पारेपछि स्टोर कोठामा बत्ती निभाएको देखिन्छ । पोकोसँगै अन्य समानसमेत खोजेको र लगेको भिडियोमा देखिन्छ ।

अस्पतालभित्र रहेको पङ्खा, मास्क, स्यानिटाइजर, मोनिटर स्क्रिन, बेगन, चप्पल, ग्लु स्टिक, साबुन छानीरछानी उठाएर प्याक गरेको भिडियोमा देखिन्छ ।

सोमबार बसेको कोरोना अस्पताल कार्यदलको बैठकले उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा भरतपुर महानगरपालिका र भरतपुर अस्पतालका एक एक जना प्रतिनिधि रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

बैठकले घटनाको छानबिन गरी एक हप्ताभित्र प्रतिवेदन बुझाउने छ । अस्पतालमा काम गरिरहेका आरोपी तीनै जना कर्मचारीहरुलाई फिर्ता बोलाउने निर्णय भएको छ । त्यो स्थानमा आवश्यक अन्य कर्मचारीहरुको व्यवस्थापन गर्ने निर्णयसमेत भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...