जलाउन खोज्दा खोज्दै चिता नै बाढीले बगाएपछि... (भिडियोसहित)

Lash ilam

इलाम । फाकफोकथुम गाउँपालिकास्थित फाकफोक खोलामा दाहसंस्कार गर्दागर्दै बाढीले चिता नै बगाइदिएको छ ।


फाकफोकथुम–३ सल्लेरीका ४० वर्षीय रामबहादुर लकान्द्रीको दाहसंस्कार गर्दागर्दै अचानक बाढी आएपछि शव जल्न नपाउँदै बगाइदिएको हो । गाउँपालिकाका उपाध्यक्ष सरस्वती राईले दागबत्ती दिनासाथ आएको बाढीले चितासहित शव बगाएको हो ।

फाकफोक खोलाको शीर पाँचथरको घुर्बिसै पञ्चमी र आसपासमा आएको वर्षापछि बाढी आएको थियो । शव जल्न नपाई बगेकाले खोजी जारी छ ।

सोमबार रात परेकाले मंगलबार स्थानीय बासिन्दा, प्रहरी प्रशासन सबै मिलेर खोजविन गरी पुनः दाहसंस्कार गरिने गाउँपालिका उपाध्यक्ष राईले जानकारी दिइन् ।

लकान्द्रीको आइतबार दिउँसो जंगलमा सुंगुरको चारो खोज्ने क्रममा चिप्लिएर मृत्यु भएको थियो । नागरिक खबर डटकमबाट

Video

प्रतिकृया दिनुहोस