डा. लोहनीले हस्ताक्षर गर्दा कमल थापालाई अस्वीकार्य

Kamal thapa

काठमाडौं । नेपाली कांग्रेस सहितका तीन दलले सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चिदै सरकार सर्वसत्तावाद तर्फ अग्रसर भएको आरोप लगाउँदै सरकारविरुद्ध मोर्चावन्दी गर्ने निर्णयलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले विरोध गरेका छन् ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राप्रपाका नेताहरू सम्मिलित बैठकले लोकतन्त्रवादी शक्तिहरूले एकताबद्ध भएर सरकारविरुद्ध संघर्ष गर्ने प्रतिवद्धता सहितको तीनबुँदे विज्ञप्ति आएसँगै अध्यक्ष थापाले असन्तुष्टि जनाएका हुन् । बैठकपछि जारी विज्ञप्तीमा राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका थिए ।

सो विज्ञप्तीपछि अध्यक्ष थापाले आफ्नो पार्टीले सरकारविरुद्ध संघर्ष गर्ने वा मोर्चाबन्दी गर्ने कुनै निर्णय नगरेको भन्दै उनले सामाजिक सन्जालमा असहमति जनाएका हुन् । उनले लोहनीले हस्ताक्षर गरेकोमा विरोध जनाएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...