दुई वटा बसमा फर्किए धनकुटेली, बाँकी मंगलबार फर्काइने

Bus 14

काठमाडौं । लगातारको लकडाउनले समस्यामा परेकामध्ये सोमबार सय भन्दा बढी धनकुटेली आफ्नो जिल्ला फर्किएका छन् ।

गत चैत ११ गतेदेखि लगातार लकडाउन थपिँदै गएका कारण धनकुटाबाट काठमाडौंमा आएर बसेर धनकुटेलीलाई धनकुटा फर्काउने अभियान शुरु भएको थियो । सोही अभियानको प्रयासमा सोमबार २ वटा डिलक्स बसमा एक सय ५ जना धनकुटातर्फ लागेका छन् । उनीहरु सबै धनकुटा नगरपालिका क्षेत्रका मात्र हुन् ।

काठमाडौंमा लकडाउनका कारण अलपत्र परेका धनकुटेलीलाई सहयोग गर्न जिल्लाबासीहरुको सहभागितामा बनाइएको धनकुटा–काठमाडौं कोरोना विपत सहयोग समितिको पहलमा जिल्ला फर्काउन पहल थालिएको थियो । पहिलो चरणमा धनकुटा नगरपालिका क्षेत्रभित्रका १ सय ५ जनालाई धनकुटा पठाइएको र बाँकीलाई मंगलबार पठाइने धनकुटा–काठमाडौं कोरोना विपत सहयोग समितिका संयोजक हेमराज भण्डारीले बताए ।

अहिलेसम्म झण्डै १२ सयले धनकुटा फर्किन चाहेका छन् । उनीहरुको आवश्यकतालाई हेरेर घर फर्किने वातावरण मिलाइने उनको भनाई छ । यो समितिमा जिल्लाका सबै राजनीतिक दलसँग आवद्ध व्यक्ति सहभागी छन् भने समाजसेवीहरु पनि सहभागी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...