सञ्चारमा सरकारी रवैया : रेडियो नेपालले सरकारसँग क्षमा माग्दै हटायो बाबुराम भट्टराईको अन्तरवार्ता (अन्तरवार्तासहित)

Radio nepal interview removed

काठमाडौं । रेडियो नेपालले सोमबार बिहान प्रशारण गरेको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगको अन्तरवार्ता अनलाइनबाट हटाएको छ ।

नवराज लम्सालले सञ्चालन गरेको रेडियो नेपालको अन्तरसम्बाद कार्यक्रममा डा. भट्टराईले सरकारको आलोचना गरेका थिए । डा. भट्टराईले सरकारको आलोचना गरेपछि रेडियो नेपालले विज्ञप्ती गरेर क्षमा नै मागेको छ ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले विज्ञप्ति पनि जारी गरे । विज्ञप्तिमा क्षमायाचना मागिएको थियो भने अब उप्रान्त अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत रहने प्रतिवद्धता पनि उल्लेख गरिएको थियो ।

समाजवादी पार्टी र राजपा मिलेर जनता समाजवादी पार्टी बनेको सन्दर्भलाई लिएर गरिएको अन्तरवार्तामा सञ्चालक लम्सालले अन्तरवार्ताको अन्तिमतिर जनता समाजवादी पार्टी बनेपछि तपाईंहरुकै नेतृत्वमा देश चल्ने सम्भावना कस्तो देख्नुहुन्छ भनेर प्रश्न सोधेका थिए ।

उनको उत्तरमा डा. भट्टराईले ‘केपी शर्मा ओलीको जुन प्रकारको उद्दण्डता देखियो र अहिले उहाँले आफ्नो दुई तिहाई बहुमतको सरकार भएको बेलामा देश बनाउनुतिर लाग्नुको सट्टा, कोरोनाले देश आक्रान्त भएको बेला त्यतापट्टि ध्यान दिनुसट्टा राष्ट्रपतिलाई समेत दुरुपयोग गरेर अध्यादेश जारी गर्ने र संवैधानिक आयोग पनि कब्जा गरेर निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, न्यायालय सबैतिर आफ्ना मान्छे राख्ने र पूरै हिटलर बन्ने दिशातिर उनी जुन गइराखेका छन् र सांसदहरुलाई अपहरण गरेर ल्याएर पार्टी फुटाउने जुन प्रयत्न उनले गरे त्यसलाई हामीले भण्डाफोर गर्‍यौं र यसको विरुद्धमा हिजो हामीले मुद्दा दायर गर्दा मुद्दासमेत दायर गर्न उनले दिइराखेका छैनन् – चरम फासिवादतिर देश गइराखेको छ’ भनी उत्तर दिएका थिए ।

रेडियो नेपालले बाबुराम भट्टराईसँगको अन्तरवार्ता अनलाइनबाट हटाएपछि जनता समाजवादी पार्टीका युवा नेता विश्वदीप पाण्डेले अन्तर्वार्ताको अडियो पनि सार्वजनिक गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...