सरकार सर्वसत्तावादतर्फ अग्रसर भयो : ३ दल

Deuba upendra and lohani

काठमाडौं । लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चिदै सरकार सर्वसत्तावाद तर्फ अग्रसर भएको विपक्षी दलहरुले निष्कर्ष निकालेका छन् ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुबीच ललितपुरको सानेपास्थित कांग्रेसको पार्टी मुख्यालयमा भएको बैठकले सरकारको पछिल्लो प्रवृतिको भत्सर्ना गरेको हो ।

नेपाली कांग्रेस सहितका तीन विपक्षी दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेका हुन् । उनीहरुले लोकतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध गरेर संघर्ष गर्ने प्रतिवद्धता जनाएका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा जनता समाजवादी दल र राप्रपाका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकले सरकार स्वेच्छाचारी र सर्वसत्तावादी भएको भन्दै एक भएर संघर्ष गर्ने निर्णय गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र शरतसिंह भण्डारी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष प्रकाचन्द लोहनीले जारी गरेको संयुक्त विज्ञप्तिमा सरकारको स्वेच्छाचारी र सर्वसत्तावादी प्रवृति विरुद्ध लोकतान्त्रिक शक्ति एकतावद्ध भई संघर्ष गर्ने चेतावनी दिएका छन् ।

बैठकपछि तीन दलका शीर्ष नेताहरुले जारी विज्ञप्तिमा भनिएको छ, ‘यता अपराधिका कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कारबाही अगाडि बढाउन माग गर्दछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...