आप्रवासीको सहयोगमा तल्लिन् छन् बोर्डेन दम्पति

Borden dampati

फिलाडेल्फिया (अमेरीका) । पछिल्लो २४ घन्टामा अमेरिकामा मात्रै ६ सय ८५ जनाको मृत्यु भएको छ । हालसम्म अमेरीकामा ५४ हजार ९ सय ४१ को मृत्यु भइसकेको छ । यो विश्वकै सबैभन्दा धेरै हो ।

कारोनाको महामारीले विश्व आक्रान्त बनिरहेका बेला अमेरीकाका एक दम्पत्ति आप्रवासीहरुको सहयोगका लागि दिनरात खटिरहेका छन् । उनीहरुले आप्रवासीलाई समस्या नपरोस् भनेर सहयोगका लागि खटिरहेका छन् । यी दम्पतिलाई न प्रचार नै चाहिएको छ, न चाहन्छन् नै । बरु उनीहरु खुरुखुरु कोरोना पीडित आप्रवासीको सहयोगका लागि खटिएका छन् ।

वेष्ट चेष्टर निवासी बृरी बोर्डेन र डेव बोर्डेन मिलेर आपतमा परेका आप्रावासीहरुलाई खाद्यन्न र फलफुल वितरणमा सधैं व्यस्त रहने गरेका छन् । उनीहरुले खवर पाउनसाथ पीडितकै घरमा राहत लगिदिने गरेका छन् ।

बोर्डेन दम्पतिको यो सेवाले आप्रवासीलाई निक्कै राहत मिलेको छ । बोर्डेन दम्पति रातदिन आप्रवासीको सहयोगका लागि खटिँदा आप्रवासीलाई हेर्ने दृष्टिकोणसमेत बदलिएको बताइन्छ ।

हाल अमेरीकामा सरकारी तवरभन्दा पनि स्थानीय मनकारीहरु आप्रवासीको समस्याप्रति निक्कै सचेत र चनाखो छन् । बोर्डेन दम्पति जस्तै कयौं मनकारीहरुका कारण कोरोनाबाट उत्पन्न समस्याबाट पीडित बनेकाहरुको गर्जाे टरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...