काठमाडौंमा अलपत्र परेका धनकुटेलीलाई घर फर्काइने

Dhankuta bazar

काठमाडौं । गत चैत ११ गतेदेखि लगातार लकडाउन थपिँदै गएका कारण धनकुटाबाट काठमाडौंमा आएर बसेर धनकुटेलीलाई धनकुटा फर्काउने अभियान शुरु भएको छ ।

काठमाडौंमा लकडाउनका कारण अलपत्र परेका धनकुटेलीलाई सहयोग गर्न जिल्लाबासीहरुको सहभागितामा बनाइएको धनकुटा–काठमाडौं कोरोना विपत सहयोग समितिको पहलमा जिल्ला फर्किन चाहनेलाई जिल्ला लैजाने तयारी भइरहेको छ । नेकपा धनकुटाले काठमाडौंमा अलपत्र रहेका धनकुटेलीलाई आफ्नो घर फर्काउने निर्णय गरिसकेको छ ।

जिल्ला फर्किनेले अनिवार्य रुपमा १४ दिन क्वारेनटाइन बस्नुपर्नेछ । काठमाडौंमा अलपत्र परेका बिरामी, मजदुर, बिद्यार्थी लगायतलाई जिल्ला लैजान जिल्लाका सात वटै पालिकाहरुसँग समन्वय गरिएको धनकुटा–काठमाडौं कोरोना विपत सहयोग समितिका संयोजक हेमराज भण्डारीले बताए ।

अहिलेसम्म झण्डै १२ सयले धनकुटा फर्किन चाहेका छन् । उनीहरुको आवश्यकतालाई हेरेर घर फर्किने वातावरण मिलाइने उनको भनाई छ ।

यो समितिमा जिल्लाका सबै राजनीतिक दलसँग आवद्ध व्यक्ति सहभागी छन् भने समाजसेवीहरु पनि सहभागी छन् । यो समितिको पहलमा धनकुटाबाट काठमाडौंमा आएर बसोबास गर्दै आएका धनकुटेलीलाई लकडाउनले समस्यामा परेकालाई खाद्यन्न वितरण गर्दै आएको छ । अहिलेसम्म झण्डै २ सय जनालाई राहत सहयोग गरिसकेको भण्डारीले बताए ।

प्रतिकृया दिनुहोस