एक हप्तामै धरानमा बन्यो सुविधासम्पन्न कोभिड–१९ अस्पताल

Covid hospital dharan

धरान । कोरोना संक्रमणको दर बढेसँगै सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय बेडको सुविधा सम्पन्न कोभिड–१९ अस्पताल तयार पारिएको छ ।

निर्माणकर्ताले कोभिड–१९ अस्पताल प्रतिष्ठानलाई आइतबार हस्तान्तरण गरेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार नै अस्पताल निरीक्षण गरेका छन् ।

एक हप्तामै तयार भएको यो अस्पतालमा आईसीयू बेड १३ वटा छन् । जस्तोसुकै कोरोना संक्रमितहरुलाई अब प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा राखेर उपचार गर्न सकिन्छ । यो अस्पतालमा लेबल–थ्री स्तरको छुट्टै कोभिड–१९ अस्पताल तयार भएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार प्रदेश सरकारको पहलमा संघ सरकारले प्रतिष्ठानमा छुटै कोभिड–१९ अस्पताल बनाउनका लागि १२ करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

विराटनगरस्थित कोशी अस्पतालमा पनि प्रदेश १ सरकारले तयार पारेको कोभिड १९ अस्पताल सञ्चालनमा छ । ५० शय्याको सो अस्पतालमा अहिले ३० जना संक्रमितको उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...