झापाका अर्का पुरुषमा देखियो कोरोना पोजेटिभ, प्रदेश १ मा ३१ पुग्यो संक्रमितको संख्या

Corona 6

काठमाडौं । आइतबार झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या २ पुगेको छ भने प्रदेश १ मा ३१ पुगेको छ ।

कोशी अस्पताल, विराटनगरमा भएको परीक्षणको नतिजाअनुसार झापाका पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । यी नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि झापाको दमकका एक जनामा संक्रमण देखिएको थियो । उनको कोशी अस्पताल विराटनगरमा उपचार भइराखेको छ । आइतबार झापामा एक जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५२ पुगेको छ । १६ जना भने डिस्चार्ज भएका छन् ।

पीसीआर विधिबाट ९ हजार ९ सय ३१ र आरडीटी ४१ हजार ४ सय ३६ जना गरेर ५१ हजारमा गरी अहिलेसम्म ५१ हजार तीन सय ६७ नमुना परीक्षण गर्दा भएका छन्। पछिल्लो २४ घन्टामा दुई हजार ९६ जनाको नमुना परीक्षण भएको थियो । आइतबार नै वीरगञ्जका दुईजनामा कोरोना देखिएको थियो ।

प्रतिकृया दिनुहोस