कतारी राजकुमारीको ‘यौन काण्ड’ फेरि आयो चर्चामा

Katari rajkumari

काठमाडौं । कतारी राजकुमारीबारे प्रकाशित एउटा ‘फेक न्युज’लाई लिएर भारतीय नेताहरुले समेत टिप्पणी गरेका छन् ।

सन् २०१६ अगस्ट १४ मा कतारकी राजकुमारी शेखा सल्वा लण्डनको एउटा होटलमा ७ जनासंग शारीरिक सम्बन्ध राख्दै गर्दा रंगेहात पक्राउ परेकी थिइन् । जब कि, कतारी राजकुमारी शेख सलवाबारे लेखिएको उक्त समाचार पूर्ण रुपमा झुट सावित भइसकेको छ । हालै भारतीय जनता पार्टीका नेता र केही मिडियाले समेत उक्त समाचारलाई लिएर अरबी महिलाप्रति टिप्पणी गर्न थालेका छन् ।

भारतीय जनता पार्टीका सांसद तेजश्वी सूर्याले कतारी राजकुमारीको यौन प्रकरणबारे चार वर्षअघि प्रकाशित फेक न्युज सार्वजनिक गर्दै अबरी महिलाहरुमाथि टिप्पणी गरेका थिए । यसपछि नै भारतमा साकाजिक सञ्जालमा यो विषयले महत्व पाएको छ ।

बेलायती पत्रिका फाइनान्सियल टाइम्सलाई उद्धृत गर्दै डिएनएले ‘कतारी राजकुमारी बेलायतमा सात पुरुषसँग यौनसम्बन्ध राख्दैगर्दा पक्राउ’ शिर्षकमा समाचार चार वर्षअघि प्रकाशित गरेको थियो ।

सामाजिक सञ्जालमा सोही पत्रिकाको ‘क्लिप’ लाई भाइरल बनाइएको छ । ट्वीटरमा पनि उक्त समाचार सार्वजनिक गर्दै यूएई राजपरिवारकी सदस्य हेन्ड अल क्वसामीलाई ट्याग गरिएको छ । उक्त समाचारमा बेलायतस्थित कतारी दूतावासले बेलायती मिडियालाई ५० लाख डलर दिने प्रलोभन देखाएको पनि दावी गरिएको थियो ।

जब कि, मिडिया पारदर्शिताबारे अध्ययन गर्ने संस्थाहरुले त्यस समाचारलाई झुटो दावी सावित गरिसकेका छन् । मुस्लिम देशहरुमा रमादान पर्व मनाइरहँदा कतारी राजकुमारीबारेको उक्त समाचार भारतीय मिडिया र केही नेताहरुले नै प्रचार गरेका हुन् । केही दिनअघि मात्रै कतारी राजकुमारीले भारतमा कोभिड १९ फैलाउन मुस्लिमहरु जिम्मेवार रहेको रिपोर्टहरुमाथि टिप्पणी गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...