लकडाउनमा बढे पोर्न साइट हेर्नेहरु, बालबालिकाले हेर्छन् धेरै

Porn side

काठमाडौं । नेपाल सरकारले अश्लिल साइटहरु बन्द गराएको निक्कै भइसक्यो । तर नेपालमा अश्लिल साइट बन्द भएका छैनन्, बरु यस्ता साइटहरु हेर्नेको संख्या विगतको भन्दा उल्लेख्य बढेको छ । सरकारले अश्लिल साइटमाथि प्रतिबन्ध लगाए पनि विभिन्न वैकल्पिक माध्यमबाट यस्ता साइट हेर्नेहरु बढेका हुन् ।

लकडाउनको समयमा अश्लिल साइटहरु हेर्ने बढेको एक अध्ययनले देखाएको छ । चाइल्ड सेफ नेटले १२ सय ४८ जनामा गरेको अध्ययन अनुसार अहिले ४१ दशमलव ७ प्रतिशतले अश्लिल साइट हेर्ने गरेको प्रतिक्रिया दिएका छन् ।

सर्वेक्षणको लागि झण्डै ४९ प्रतिशत उत्तरदाता १८ देखि २४ वर्ष उमेर समूहका थिए । अध्ययनका अनुसार इन्टरनेटमा समय बिताउनेहरु पनि उल्लेख्य बढेका छन् । लकडाउनअघि झण्डै २७ प्रतिशतले मात्रै दैनिक ४ देखि ६ घण्टा इन्टरनेट चलाउँदै आएकोमा लकडाउनपछि दैनिक ४ देखि ६ घन्टा इन्टरनेट चलाउने झण्डै ३५ प्रतिशत पुगेका छन् ।

७४ प्रतिशतले मनोरञ्जनको लागि इन्टरनेट प्रयोग गरेका छन् । जसमध्ये सबैभन्दा धेरैले युट्युब चलाउँछन् । लकडाउनको समयमा बालबालिकाहरु अनलाइन दुर्व्यवहार या जोखिममा परेको अध्ययनले देखाएको छ । उत्तरदातामध्ये ७१ दशमलव ४ प्रतिशतले बालबालिका जोखिममा रहेको उत्तर दिएका छन् ।

अनलाइनमा हानि भोगेका वा त्यस्तो जोखिममा रहेकाहरूलाई सुझाव तथा सहयोग उपलब्ध गराउन पूर्णकालीन अनलाइन हेल्पलाइन सञ्चालन गर्नुका साथै आवश्यकता अनुसार प्रहरी, मनोविद्, कानुनविद्, सामाजिक कार्यकर्ता आदि जस्ता सहयोगी सेवाहरूसँग सम्पर्क गराइनुपर्नेमा अध्ययनको जोड छ ।

अध्ययनका अनुसार अपरिचित मित्रबाट सन्देश आए पनि २१ दशलमलव ८ प्रतिशतले कुराकानी गर्छन्, साथी बनाउँछन् । यसमध्ये १५ प्रतिशतले घृणा या दुर्व्यवहारजनक सन्देश प्राप्त गरेका छन् । १४ दशमलव ५ प्रतिशतले अपरिचितबाटै यौनजन्य तस्बिर या भिडियो प्राप्त गरेका छन् ।

अध्ययनले यसबाट बच्न विभिन्न सुझाव पनि दिएको छ । सामाजिक सञ्जाल तथा भिडियो कन्फ्रेन्स सत्रहरूमार्फत बालबालिका, युवा वर्ग तथा अभिभावकहरूका लागि साइबर सुरक्षासम्बन्धी चेतनामूलक सत्रहरू सञ्चालन गरिनुपर्ने, इण्रन्नेटको सकारात्मक प्रयोगबारे बालबालिका, युवा वर्ग तथा अभिभावकहरूलाई ज्ञान दिनुपर्ने, साइबर सुरक्षा सामग्रीहरू तयार गरिनुपर्ने लगायतमा चाइल्ड सेफ नेटले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...