लकडाउन पीडितलाई राहत दिलाउन ब्यस्त छ केदार फुड र गन्धर्व समाज

Rahat ktm

काठमाडौं । गत चैत १३ गतेदेखि जारी लकडाउनले दैनिक ज्यालादारी गर्ने र विपन्न वर्गको जनजीवन आक्रान्त बनिरहेका बेला केदार फुडक्याम्प र गन्धर्व समाजले विभिन्न जिल्लामा खाद्यन्न सामाग्री वितरण गरिरहको छ ।

केदार फुडक्याम्पले काठमाडौं, ललितपुर, भक्तपुर, लमजुङ र तनहुँका विपन्न तथा दैनिक ज्यालादारी गर्ने मजदुरलाई एक महिनासम्म पुग्ने खाद्यन्न सामाग्री २ सय ८५ परिवारलाई वितरण गरिसकेको छ ।

दोस्रो चरणमा काठमाडौंमा आफन्तहरू, घरमुली श्रीमान्हरू कामको खोजीमा पोखरा, गोरखा र अन्य जिल्लामा ज्यालामजदुरी गर्न गएका परिवार, शिल्पी/दलित समुदाय, विद्यार्थी, अपांग, असहाय, बृदबृद्धाहरू, विद्यार्थी, सुकुम्बासी, घर जान नपाइ बसेका ४७ परिवारलाई राहत वितरण गरिएको छ ।

सामाजिक अभियन्ता डीबी नेपालीको अनुरोधमा ललितपुर महानगरपालिका वडा नं २४ का १४ परिवार र भक्तपुर लोकन्थली डेरा गरि बस्ने २ परिवारलाई गरि जम्मा ६५ सहित अहिलेसम्म ३ सय ५० परिवारलाई केदार फुड क्याम्प र सारंगी सोसियल इन्टरप्राइजेजले राहत वितरण गरिसकेको प्राइजेजका अध्यक्ष केदार गान्धारीले जानकारी दिए ।

पीडितको सहयोगका लागि गन्धर्व समाजले त अभियान नै सञ्चालन गरेको छ । विदेशबाट आन्ने, मार्गरेट, सान्द्रा, शान्ति र तिज्जे सो अभियानमा सहभागी बनेका छन् । सो अभियानमा नेपालमा सारंगी सोसियल इन्टरप्राइजेजका अध्यक्ष केदार गान्धारी, गन्धर्व कला संगठनका अध्यक्ष पुजन गन्धर्व, गन्धर्व समाज नेपालकी उपाध्यक्ष पम्फा गन्धर्व, कोषाध्यक्ष अमृत गान्धारी र सहयोगी साथीहरू सुरेश गान्धारी, जीवन गायक, सुवास गान्धारी छन् ।

लकडाउन अनिश्चित रहेको र खाद्यन्नको माग राख्ने विपन्न परिवार संख्या अधिक रहेको हुँदा मनकारी सहयोगीहरूले अझै मुठी खोली सहयोग गर्नको लागि राहत वितरणको अगुवाइ गरिरहेका केदार गान्धारी आग्रह गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...