क्वारेन्टाइनमा बसेका व्यक्तिमा देखियो औलोको संक्रमण

Lamkhutte 13

काठमाडौं । कारोनाको आशंकामा क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुमा औलो संक्रमण देखिएको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन भन्दै क्वरेण्टीनमा राखिएका व्यक्तिहरुमा परीक्षण गर्दा औलोको लक्षण पनि देखा परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

औलो लामखुट्टाको टोकाइबाट हुन्छ । विश्वमा औलोका कारण प्रत्येक दुई मिनेटमा एक जना बच्चाको ज्यान जान्छ । र, गर्मीयाममा यसको प्रकोप देखिने गरेको छ । विश्वमा औलो रोगका कारण औसत दुई मिनेटमा एक जना बालबालिकाको ज्यान जाने गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको हो । उनले कहाँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो भन्ने खुलाएका छैनन् ।

गर्मीयाम बढेसँगै औलोको लक्षण पनि देखिन थालेकोले व्यक्तिगत तथा वातावरणीय क्षेत्रको सरसफाइमा विशेष ध्यान दिन मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत उनले आग्रह गरे । यो समयमा विशेषगरी गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान पुर्‍याउन पनि प्रवक्ता देवकोटाले आग्रह गरे ।

प्रतिकृया दिनुहोस