लकडाउनको मोडालिटी तयार पार्न बन्यो रेग्मी नेतृत्वमा कार्यदल

Corona meeting 13

काठमाडौं । गत चैत ११ गतेदेखि क्रमसः थपिँदै गएको लकडाउनले जनजीवन आक्रान्त बनिरहेका बेला कोभिड –१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको उच्चस्तरीय समन्वय समितिले लकडाउनको अबको मोडल तयार गर्न कार्यदल गठन गरेको छ ।

आज बसेको बैठकले मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वमा कार्यदल गठन गरेको छ । सो कार्यदलले भोलिसम्म विभिन्न देशको अनुभव, नेपालको अवस्था र त्यसको आधारमा लकडाउनको समय कति थप्ने वा क्षेत्रगत अवस्था हेरेर फरक फरक पार्ने लगायतका विषयमा सुझाव दिनेछ ।

सो कार्यदलले दिएको सुभावका आधारमा मन्त्रिपरिषद् बैठकले निर्णय लिनेछ । सरकारले पछिल्लोपटक थप गरेको लकडाउन १५ गते सकिँदैछ ।

आजको समिति बैठकमा लकडाउनलाई ठाउँ हेरेर खुकुलो पार्ने विषयमा पनि छलफल भएको थियो । एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म आवतजावत प्रतिबन्ध लगाएर कोरोना संक्रमणको कम जोखिम क्षेत्रमा लकडाउन खुकुलो पार्ने विषयमा छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...