बाजुराका दुर्गमका विद्यार्थी काठमाडौंमा परे समस्यामा

Himali gaupalika

काठमाडौं । लामो समयदेखि जारी लकडाउनका कारण उच्च शिक्षा अध्ययनका लागि काठमाडौंमा डेरा गरी बस्ने बाजुराका दुर्गम र पिछडिएको क्षेत्रका विद्यार्थीहरु समस्यामा परेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेपछि डेरामा बसेर अध्ययनरत विद्यार्थी सबैभन्दा बढी समस्यामा परेका हुन् ।

उच्च शिक्षा अध्ययन र सरकारी सेवामा प्रवेश गर्न चाहनेहरु लोकसेवा आयोगको परीक्षाको तयारीका लागि होस्टल र डेरामा बस्दै आएका बाजुराका अधिकांस विद्यार्थि समस्यामा परेका छन् ।

गत चैत ११ गतेदेखि कोरोना भाइरसका कारण लकडाउन हुँदा उनीहरु घर जान नसकी काठमाडौंमै रोकिएका छन् । समस्यामा पर्नेहरुमा अधिकांस सुदूरपश्चिम प्रदेश बाजुराको अति दुर्गम र पिछडिएको हिमाली गाउँपालिका विद्यार्थी छन् ।

सुदूरपपश्चिम प्रदेश बाजुरा जिल्ला हिमाली गाउँपालिकाको दुर्गम र पिछडिएको वडा १, २, र ३ (साविकको विच्छ्या गाविस) का करिव ३० जना विद्यार्थी समस्यामा परेका छन् । दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा चलाउने परिवारहरुलाई सरकारी तथा बिभिन्न गैरसरकारी संस्थाहरुले राहत उपलब्ध गराए पनि समस्यामा परेका यी विद्यार्थी भने राहत पाउनबाट वञ्चित छन् ।

बाजुराको बिच्छ्याबाट आएर अध्ययन गरिरहेका विद्यार्थी खर्च सकिएर निकै सकसपूर्ण अवस्थामा दिन गुजारी रहेको वानेश्वर डेरा गरी बस्ने दिपेश सुनारले बताए ।

‘केही दिनका लागि मात्र लकडाउन होला भन्ने लाग्यो, घरबाट पठाएको खर्च पनि सकियो, उधारो रासन दिने पसल पनि बन्द छ । अव त साह्रै गाह्रो भइसक्यो’ काठमाडौं किर्तिपुर बस्ने मनिस रोकायाले भने, ‘लकडाउन थपिए काठमाडौंमा भोकै मर्नु पर्ने अबस्था छ ।’

स्वदेश तथा प्रवासमा बस्ने नेपालीहरुले देशभरका बिभिन्न ठाउँहरुमा राहत वितरण गरिरहेका भए पनि बाजुराका अधिकांस बिद्यार्थीका समस्याप्रति कसैको ध्यान नपुगेको विद्यार्थी नेता धर्मराज तिमेल्सेनाले बताउँछन् ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले काठमाडौंमा बसोबास गर्दै आएका विद्यार्थीलाई जस्तो समस्या आइपरे पनि सुरक्षित बस्न आग्रह गरेका छन् । गाउँपालिकामा सुरक्षित क्वारेन्टाइन र स्वस्थ्य संथाको राम्रो व्यवस्था नभएकोले बाहिरबाट आएका विद्यार्थीलाई राख्न समस्या भएको अध्यक्ष मल्लले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...