हवाई सेवा तत्काल नखुल्ने, जेठ २ गतेसम्म बन्द

Hwai sewa

काठमाडौं । आगामी जेठ २ गतेसम्म अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवा पूर्णरुपमा बन्द गरिने भएको छ । यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाइएको थियो ।

कोभिड –१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीका अनुसार आज बसेको समितिको बैठकले जेठ २ सम्मका लागि सबैखाले उडानलाई लकडाउनमा नै राख्ने निर्णय गरेको हो । सचिव विडारीले लकडाउन कति दिन थप्ने या नथप्ने भन्ने तय मन्त्रिपरिषद बैठकले तय गर्ने जानकारी दिए ।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो । त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लम्बाइएको थियो ।

छिमेकी भारतमा वैशाख २१ सम्म लकडाउन घोषणा गरिएकोले त्यो भन्दा पहिले यहाँ लकडाउन खुल्दा खुला सिमा कारण जोखिम थप बढ्ने भएकोले पनि सरकार लकडाउन थप्‍ने तयारीमा सरकार पुगेको छ ।

विश्‍वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट २८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् भने झन्डै दुई लाखले ज्यान गुमाएका छन् । नेपालमा पनि संक्रमितको संख्या ४९ पुगेको छ। जसमध्ये ११ जनाभने निको भएका छन् । अन्य सबैको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...