किसानलाई निःशुल्क धानको बीउ वितरण

Biu bitanarn 1

भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्रका किसानहरुलाई निःशुल्क धान वितरण गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले गरेको देशव्यापी लकडाउनलाई ध्यानमा राखी नगरपालिकाले नगरका सबै १० वटै वडाहरु कार्यालयहरुमार्फत् प्रतिपरिवारलाई दुई केजी पाँंच सय ग्राम (१ पाथी) धानको बीउ निःशुल्क वितरण गरेको हो ।

नगरका पाँंच हजार नौ सय नौ जना कृषक परिवारलाई खुमल–११ ताइचीन जातको धानको बीउ वितरण गरेको हो । प्रत्येक वर्ष जस्तै नगरपालिकाले यसवर्ष पनि निरन्तरता दिई निःशुल्क वीउ वितरण गरेको हो ।

नगरपालिकाले वडा नं. १ मा चार सय ६६, वडा नं. २ मा आठ सय, वडा नं. ३ मा पाँंच सय ५०, वडा नं. ४ मा सात सय ३०, वडा नं. ५ मा चार सय ३९, वडा नं. ६ मा पाँंच सय ७८, वडा नं. ७ मा सात सय, वडा नं. ८ मा पाँच सय ३८, वडा नं. ९ मा सात सय १६ र वडा नं. १० मा तीन सय ९२ परिवार गरी जम्मा पाँंच हजार नौ सय नौ परिवारलाई खुमल–११ ताइचीन जातको धानको बीउ वितरण गरेको तथ्यांक सार्वजनिक गरेको हो ।

भक्तपुर नगरपालिकाका विभिन्न वडाहरुले स्थानीय स्वयम्सेवक परिचालन गरी वडा कार्यालय र घरदैलो गरी कृषक परिवारलाई धानको बीऊ वितरण गरेको हो ।

 

प्रतिकृया दिनुहोस