प्रदेश ५ मा बन्यो कोभिड –१९ नागरिक सरोकार अभियान, संयोजकमा पहाडी

Binod pahadi

बुटवल । लकडाउनका कारण सर्वसाधारणले कोरोनाबाहेक अन्य रोगको समेत उपचार पाउन नसकेपछि मानवीय सहयोग, सुचना र समन्व्य गर्ने उदेश्यले कोभिड १९ नागरिक सरोकार अभियानको निर्माण गरिएको छ ।

संविधानसभा सदस्य विनोद पहाडीको संयोजकत्वमा बनाइएको सो अभियानले सरकार र नागरिकका बीचमा समन्व्य गर्ने साझा पहलका रुपमा अभियान संचालन गर्नेछ । हाललाई यो अभियान प्रदेश नं। ५ मा लागु हुनेछ ।

नागरिक स्तरबाट बनाइएको सो संयोजकमा पहाडी, सदस्यहरुमा गोबिन्द खनाल, (रुपन्देही), समुन्द्र जिसी (रुपन्देही), पदमबहादुर कार्की (पाल्पा), सारदा घिमिरे (रुपन्देही), पोमनारायण पौडेल (कपिलबस्तु), प्रेमनारायण अधिकारी (बर्दिया), निर्दोष अलि (अर्घाखाँची), कमला बिश्वकर्मा (गुल्मी), गोपी ज्ञवाली (नवलपरासी), रामराज पोखरेल (रुपन्देही), विक्रम खड्का (गुल्मी), रीता बुढाथोकी (अर्घाखाँची), नारायण नागिला (रुपन्देही) रहेका छन् ।

त्यसैगरी मिना परियार (कपिलबस्तु), नरेन्द्र केसी (दाङ), मानसिङ बिक (रोल्पा), गणेश चिन्तन (रुकुम), गोबिन्द ठटराई (रुपन्देही), सञ्जु परियार (रुपन्देही), नरबहादुर सुनार (रुपन्देही), सिराद्धिन खाँन (बाँके), पूजन विश्वकर्मा (बाँके), सञ्जिव गहतराज (कपिलबस्तु), कृष्ण पंगेनी (रुपन्देही), विमलराज भट्टराई (रुपन्देही), रामदयाल ठाकुर (कपिलबस्तु), कृष्ण पराजुली (रुपन्देही), चित्र गुरुङ (रुपन्देही), रीमा बिसि (रुपन्देही), दुर्गा नेपाल (रुपन्देही), लाकेन्द्रबहादुर सुनार (प्यूठान) लगायत एक सय एक जना सहस्य रहेका छन् ।

यो अभियानले कोभिड १९ (कोरोना) का कारण बिभिन्न ढंगले आपत बिपदमा परेका नागरिकलाई सहयोग गर्ने, अभावमा रहेका नागरिकहरुलाई राहत वितरण तथा अन्य सहयोग र सहजीकरण गर्ने, सबैखाले सहयोगका लागि सरकार र सरोकारवालासँग समन्वय गरि सहजीकरण गर्ने, आपतकालिन स्वास्थ्य उपचारबाट बञ्चित भएका नगरिकलाई उपचारमा सहयोग तथा सहजीकरण गर्ने लगायतका उदस्य राखिएको छ ।

विभिन्न जिल्लामा स्वयमसेवक परिचालन गरि मानवीय सहयोग तथा सूचना आदान प्रदान र समन्वय गरिनेछ । यो अभियानमा सहभागीहरु स्वतः स्वयमसेवकका रुपमा खटिने छन् ।

प्रतिकृया दिनुहोस