दलित समुदायका सञ्चारकर्मीलाई सुरक्षा सामाग्री वितरण

Dalit journalist help 1

काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ नेपाल र जागरण मिडिया सेन्टर (जेएमसी) ले लकडाउनका बेला पनि क्रियाशील रही कलम चलाउँदै आएका दलित समुदायका सञ्चारकर्मीहरुलाई सुरक्षा सामाग्री वितरण गरेको छ ।

संघ र जेएमसीको पहलमा शुक्रबार काठमाडौं उपत्यकामा क्रियाशील ३१ जना दलित समुदायका सञ्चारकर्मीहरुलाई माक्स, सेनिटाइजरका साथै खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

गत चैत ११ देखि जारी लकडाउनका समयमा पनि निरन्तर सुचना आदानप्रदानमा क्रियाशील रहेका दलित समुदायका सञ्चारकर्मीहरुलाई दैनिक फिल्डमा हिड्न सजिलो होस् र दैनिक जिविकोपार्जमा समेत सहज होस् भनेर भक्त बिबि नामक गैरसरकारीको सहयोगमा सुरक्षा सामाग्री तथा खाद्यन्न वितरण गरिएको हो ।

बिबि अमेरीकाको बसोबास गर्दै आएका नेपालीहरुको संस्था भक्त बिबि संस्था हो । यो अमेरीकाको टेक्सासमा दर्ता भएको छ । यसले भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै आएको छ ।

सो संस्थाले उपलब्ध गराएको ती सबै सामाग्री शारदा भुषाल, प्रवीण श्रेष्ठ, रतन चन्द, ज्ञानेन्द्र भट्ट लगायतले राष्ट्रिय दलित पत्रकार संघ नेपालका उपाध्यक्ष गोपाल बराइली र जागरण मिडिया सेन्टरका अध्यक्ष रेमबहादुर विश्वकर्मालाई हस्तान्तरण गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...