प्रधानमन्त्री भेटघाटमै व्यस्त, बालुवाटारमा भेटे देउवा र दाहाललाई

Pm vet

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै प्रधानमन्त्री ओलीले आफ्नो निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति देउवासँगको भेटपछि प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्ष प्रचण्डलाई छलफलका लागि बालुवाटार बोलाएका थिए । भेटमा उनीहरुबीच मुलुक समसामयिक विषयमा छलफल भएको बताइन्छ । यसअघि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवासँग छुट्टै भेटेका थिए ।

नेताहरुबीच अध्यादेश तथा कोभिड १९ रोकथामका विषयमा सरकारले चालेका कदमबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

कांग्रेस लगायतका विपक्षी दलहहरुले दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद् सम्बन्धि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई दबाब दिएका थिए ।

प्रतिकृया दिनुहोस