भापामा २१ जना आइसोलेसन वार्डबाट डिस्चार्ज

Jhapa hospital

झापा । भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा भर्ना भएका २१ जना बिरामी डिस्चार्ज भएका छन् । उनीहरुलाई कोरोना भाइरस संक्रमणकाको आशंकामा झापाको आइसोलेसन वार्डमा राखिएको थियो ।

२१ जनाकै कोरोना स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पिताम्बर ठाकुरले जानकारी दिए ।

झापाका १५ स्थानीय तहले विभिन्न २७ स्थानमा ७७८ क्षमताको क्वारेन्टाइन कक्ष बनाएका छन्। ती क्वारेन्टाइनमा हाल १८९ जना छन् भने २३९ जना क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् । होम क्वारेन्टाइनमा एक हजार ४६ रहेका छन् ।

अस्पतालमा २५ र दमक अस्पतालमा दुई गरी जिल्लामा कूल २७ शैयाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । अस्पतालमा विभिन्न संघसंस्थाले पीपीई, मास्क, पञ्जालगायतका स्वास्थ्य सामग्रीको सहयोग गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...