२२ वर्षीय मोडलसँग नेइमारकी आमाको यस्तो रोमान्स

Neymar mother

काठमाडौं । ब्राजिलका फुटबल स्टार नेइमार अहिले उनकी आमाका कारण चर्चामा छन् । नेइमारकी आमा २२ बर्षे युवासँगको अफ्येर्स सार्वजनिक भएपछि अहिले सबै अचम्ममा परेका छन् ।

५२ वर्षीय नादिने गोनकाल्भेजले २२ बर्षिय मोडल टियागो रामोससँगका तस्बीर सामाजिक संजालमा सार्वजनिक गरेपछि यसको खुलासा भएको हो । टियागो नेइमारभन्दा ६ बर्ष कान्छा रहेका छन् । सामाजिक संजाल इन्स्टाग्राममा उनकी आमाले पोष्ट गरेको तस्वीरमा नेइमारले कमेन्ट गर्दै ‘ सधै खुशी रहनु आमा’ भन्ने लेखेका छन् ।

नेइमारकी आमा बाबुको २०१६ मा डिभोर्स भएको थियो । उनीहरुले २५ बर्षे वैवाहिक जीवनको अन्त्य गर्दै डिभोर्स गरेपछि नादिनेले आफूभन्दा ३० बर्ष कम उमेरका प्रेमीसँग रोमान्स गरेकी हुन् । नेइमारका पिता भने अहिले नेइमारको एजेन्टकै काम गर्ने गर्दछन् ।

रामोस नेइमारका फ्यान रहेको र उनले नेइमारको जन्मदिनको पार्टीमा फेब्रुअरीमा तस्वीर खिचाएको अहिले बाहिर आएको छ ।

प्रतिकृया दिनुहोस