भोजपुरका युवामा भेटियो कोरोना संक्रमित, नेपालमा ४८ पुग्यो संक्रमितको संख्या

Corona virus second

धरान । भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) एक जना संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ ।

भोजपुरको हथुवागढीका २६ वर्षीय पुरुषको उनको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति विदेशबाट आएको भनिए पनि थप विवरण आइसकेको छैन ।

उनीहरूमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् । बिहीबार मात्र स्वास्थ्य मन्त्रालयले उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको जानकारी दिएको थियो ।

बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ३४ हजार ५ सय २३ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार १ सय ९९ परीक्षणहरु भएका छन् । कुल दुवै विधिबाट ४३ हजार ७ सय २२ वटा परीक्षणहरु भएका छन् ।

आजको अपडेटमा आइसोलेसनमा देशभरी ८६ जना रहेका छन् । काठमाडौँमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८६ जना रहेका छन् । क्वारेन्टाइनमा १० हजार ५ सय २३ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...